ललितपुर । लिम्बु समुदायको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङले नेकपाले प्रदेशसभाको क्षेत्राधिकार मिच्दै प्रदेश नं ३ को नाम बाग्मती प्रदेश राख्ने निर्णय गरेकोमा खेद प्रकट गरेको छ ।

चुम्लुङका अध्यक्ष योगराज वनेमले शुक्रबार प्रेस विज्ञप्ती निकाल्दै नेवा र तामाङ समुदायको ऐतिहासिक पहिचान र भूमिलाई नामेट गर्दै प्रदेशको नाम बाग्मती राख्न निर्णय गरेकोमा खेद प्रकट गरेको हो ।

चुम्लुङले प्रदेश नं ३ को नाम नेवा ताम्सालिङ राख्न माग गरेको छ । र नेवा ताम्सालिङको पक्षमा हुने सबै आन्दोलन र संघर्षहरुमा ऐक्यवद्धता समेत जनाएको छ ।

चुम्लुङले पहिचानको आधारमा प्रदेश नं १ को नाम किरात लिम्बुवान राख्नुपर्ने र अन्य पहिचानविरोधी नाम पनि खारेज गर्नुपर्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here