काठमाडौं । धरानका पूर्वमेयर ध्यानबहादुर राईको अब ललितपुरस्थित पाटन अस्पतालमा उपचार गरिने भएको छ ।
ध्यानबहादुर राई बचाऔ अभियानका महेश श्रेष्ठका अनुसार राईलाई डा. अरुण शाही नेतृत्वको डाक्टरहरुले उपचार गर्नेछन् ।

भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबाट उनलाई आज शुक्रबार काठमाडौं ल्याइएको हो ।
विमानबाट ल्याउन अप्ठेरो हुनेभएकाले उनलाई एम्बुलेन्सबाट काठमाडौं ल्याइएको हो ।
पाटनमा उनलाई आईसियुमा भर्ना गरेर उपचार गराइने छ ।

तर, उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको छ । उनलाई मिर्गौला र छातीमा पनि समस्या देखिएको बताइएको छ ।
समाजवादी पार्टीका नेता समेत रहेका राई व्यवहारिक, कुशल र प्रभावशाली नेतामा गनिन्छन् ।

क्यान्सरबाट पीडित उनलको स्वास्थ्य लाभको कामना गर्नेहरुको लर्को छ । दिल्लीबाट त्यहाँका डाक्टरहरुकै सल्लाह अनुसार उनलाई काठमाडौ ल्याइएको हो ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here