काठमाडाैं । अभिनेत्री शर्लिन चोपडाले अहिले नयाँ घर किनेकी छन् । उनले नयाँ घर त्यहाँ किनेकी छन्, जहाँ मानिस बस्ने सपना देख्ने गर्दछन् । दुवइको सबैभन्दा अग्लो घर बुर्ज खलिफामा शर्लिनले नयाँ घर किनेकी हुन् ।

आफूले नयाँ घर किनेको बिषयमा शर्लिनले पनि पुष्टि गरेकी छन् । उनले नयाँ घरको बिषयमा भनेकी छन् ‘मेरो एक साथी दुवईमा बस्दछन् । उनले नै मलाई त्यहाँ घर किन्न सल्लाह दिएका हुन् ।’ उनले भनेेकी छन्, ‘दुवई मेरो मनपर्ने शहर पनि हो ।’

उनले आफू जुन शहरमा जान्छु, त्यो शहरमा आफ्नो घर भएको हेर्ने आफ्नो सधैको सपना रहेको उनले खुलाएकी छन् । शर्लिनले हालै इन्स्टाग्राममा केही नयाँ तस्बिर समेत पोष्ट गरेकी छन् । तस्बिरमा उनी निकै हट देखिएकी छन् । बुर्ज खलिफामा उनले यो तस्बिर खिचाएकी हुन् ।

View this post on Instagram

Earlier today.. ❤️ #bootilicious 🔥

A post shared by Sherlyn Chopra (@sherlynchopra) on

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here