भाइरल भएकाे तस्बिर

मोरङ । पुस महिनाको कठ्याङग्रिदो जाडोमा न जिउ ढाक्ने न्यानो कपडा छ, न पेटभरि खाना । एकसरो पातलो लुगाको भरमा यी दुई बालिका त्यसैत्यसै भौतारिरहेकी छन् ।

यी बालिका मोरङ जिल्लास्थित केराबारी गाउँपालिका वडा नं २ सिंहदेवी फाङदुवाका हुन् । उनीहरु दुवैले राम्ररी आँखा देख्दैनन् । उनीहरु दिदीबहिनी हुन् ।

उनीहरुको बाबाको दुई वर्षअघि मात्र मृत्यु भएको थियो । उनीहरुको आमा समेत दृष्टिविहीन छन् । यी बालिकाकी दिदी पनि अपांग छिन् ।

यी बालिकाको तीनवटा तस्बिर लेटाङकी समाजसेवी शान्ति पाख्रिनले बुधबार फेसबुकमा राखेकी हुन् ।
उनले बालिकाको बारेमा अन्य धेरै कुरा खुलाएकी छैनन् । तर, गरिबीको चपेटामा परिरहेकी मनै कुडाउँने यी अपांग बालिकाको उद्दार गर्न सके केही हुने थियो कि भन्दै पाख्रिनले आग्रह गरेकी छन् ।

उनले बालिकाको तस्बिर पोस्ट गरेपछि सयौं फेसबुक प्रयोगकर्ताहरुले कमेन्ट र सेयर गरिरहेका छन् । सरोज बस्नेत, दिपक न्यौपाने लगायतले बालिका र उनको परिवारलाई सहयोग जुटाउने काम सुरु गरेका छन् ।

बस्नेतले आफ्नाे फेसबुकमा विभिन्न व्यक्तिहरुबाट गरी २७ हजार रुपैयाँ सहयोग संकलन भएको उल्लेख गरेका छन् भने शनिबार बालिकाहरुको उपचारको लागि पहल गर्ने बताएका छन् ।

तस्बिरमा देखिएको यो साना नानिहरु मोरङ जिल्ला केराबारी गाउपालिका वडा नम्बर २सिहदेबीको फाङ्दुवा का दिदिबहिनी हुन उनिहरु को…

Gepostet von Shanti Pakhrin am Mittwoch, 8. Januar 2020

10 COMMENTS

  1. दृष्टि विहिन वालवालिकालाई निशुल्क अावास र शिक्षा दिने काम दमकडा माध्यमिक विद्यालय पाल्पामा व्यवस्था छ तर अाउन जान कठिन हुनेछ , स्कुल विदा हुदा अभिभावकले घरमा लैजाने र स्कुल खुले पछि छाेड्न ल्याउन पर्छ ।

  2. Have they been helped by anyone or referred to places where the possible help is there? Has anyone initiated for their help and support? Hope someone come to their aid soon enough or initiate some kind of support appeal.

  3. Romiyo जि मोहन जि ले जानकारी मुलक राम्रै कुरा त गर्नु भाछ नि । तपाईंले किन यसो भन्नू भाको? सम्भव हुनेले सहयोग पनि गरौंला सम्भव नहुनेले यस्सिगरी जानकारी दिँदा पनि अरु कसैलाई त फाइदै हुन्छ्नी त, कि हैन ?

  4. यदि आफ्नो क्षमता अनुसार सहयोग गर्ने कसैले चाहाना राख्यो भने कसको माध्यमबाट गर्न सकिएला ? अनि उहाहरुको हातमा सहयोग पुग्यो पुगेन भनि
    कसको माध्यम अथवा कसरी थाहा पाउन सकिएला कृपया बताउनुहोला ?
    धन्यवाद !??

  5. कृपया कुनै सम्पर्क हुन् सक्ने माध्यम छ् भने त्यो पनि खुलाउने गर्नु होला मेरो मन पनि कुटुक्क बिझ्यो ज सकिन्छ सहयोग गरुम्ला

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here