काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईको नेतृत्वमा अष्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्ष सम्बन्धी र्याली निकाल्न लाग्दा अनुमति नलिई र्याली गर्न लागेको भन्दै स्थानीय सुरक्षा अधिकारीले रोक लगाएको छ ।

मन्त्री भट्टराई नेपाल भ्रमण वर्षको अन्तर्राष्ट्रिय तहको शुभारम्भ गर्नका लागि अष्ट्रेलिया गएका थिए ।

मन्त्री भट्टराईका साथै अष्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहाल लगायत सहभागी भएको र्याली सुरु गर्न ठिक्क परेको बेला न्यू साउथ वेल्स प्रहरीले उक्त कार्यक्रम रोकिदिएको छ ।

प्रहरीले पूर्वअनुमति नलिएको र र्यालीले पैदल यात्रीलाई पनि समस्यामा पार्ने भन्दै रोक लगाएको हो ।
प्रहरीले उक्त र्याली व्यसायिक लाभका लागि रहेको बताएको छ ।

अष्ट्रेलिया डढेलोले समस्यामा परिरहेको बेला नेपाल भ्रमण वर्षको प्रचार गर्न नेपालबाट उच्चस्तरीय भ्रमण नगर्न सुझाव आएको भए पनि मन्त्री भट्टराई सिड्नी गएका थिए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here