काठमाडौं । सूर्यबाट ॐ आवाज नआउने नेसनल एरोनोटिक्स एण्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा)ले प्रष्ट पारेको छ ।
हिन्दू धर्मप्रति आस्था राख्ने कतिपयको दाबी सूर्यबाट ॐ आवाज आउँछ भन्ने छ ।

नासाले सोलार इलेक्ट्रोम्याग्नेटिक तरंगको आवाज ॐ नभएको बरु हल्का सौर्य सामग्री (लाभा) बगिरहेको, चालू ज्वालामुखीजस्तो र एकदम मन्द आवाज आउने जनाएको छ ।

भारतको पोण्डेचरीकी लेफ्टिनेन्ट गभर्नर किरण वेदीले सूर्यबाट ॐ आवाज आउने भने भिडियोसहित ट्वीटरमा पोस्ट गरेकी थिइन् । जवाफमा नासाले आफ्नाे अफिसिय ट्वीटरबाट वेदीको दाबीलाई खारेज गर्दै भिडियो पोस्ट गरेको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here