काठमाडौं । समाजवादी पार्टीका केन्द्रीय सदस्य रामप्रसाद रिजालले राजपासँग पार्टी एकता नहुने बताएका छन् ।
समाजवादी र राजपाबीच एकता हुने चर्चा यसअघि चले पनि हाल यो विषय सेलाउँदै गएको बेला नेता रिजालले राजपासँग एकता नहुने ठोकुवा गरेका हुन् ।

उनले राजपाका राजेन्द्र महतोले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग गोप्य सहमति गरेर सरकारमा जाने तयारी गरेको बताए ।

आगामी माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश नं २ को चार सिटमा राजपा र नेकपाबीच दुईदुई सिट लिने दिने गरी सहमति भएको छ । जसमा राजेन्द्र महतो र प्रधानमन्त्री ओलीले हस्ताक्षर गरेका छन् ।

यसअघि राजपाले समाजवादीसँग एकता गर्नका लागि समाजवादी सरकारबाट बाहिरिनुपर्र्ने सर्त राख्दै आएको थियो । यो सर्त खासगरी महतोको हो ।

समाजवादी पार्टी प्रधानमन्त्री ओलीले संविधान संशोधन नगर्ने बताएपछि सरकारबाट हटेको हो ।
समाजवादी सरकारबाट हटे पनि हालसम्म दुई दलबीच कुनै वार्ता नै नभएकोले पनि एकता हुन नसक्ने रिजालको भनाइ छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here