काठमाडौं । नेकपाले प्रदेश नं ३ को नाम बाग्मती प्रदेश राख्ने निर्णय गरेपछि पहिचानसहितको संघीयता पक्षधर आदिवासी जनजातिहरुले विरोध गरिरहेका छन् ।

स्वयम् नेकपाकै कतिपय सांसदहरुले प्रदेशसभाको क्षेत्राधिकार मिचेर अलोकतान्त्रिक ढंगले पार्टीले निर्णय गरेको भन्दै विरोध गरेका छन् ।

यही बेला समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि नदीको नाममा प्रदेश नामाकरण गर्ने दिशामा हिडेको नेकपाप्रति कडा व्यंग्य हानेका छन् ।

उनले पञ्चायतकालकै जस्तो नदी, पहाड र मन्दिरको पहिचानको आधारमा प्रदेश बनाउने भए संघीयता किन भन्नुपर्यो भन्दै प्रश्न गरेका छन् ।

भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘उही पञ्चायतकालकै नदी, पहाड र मन्दिरको पहिचानको आधारमा प्रदेश बनाउने भए संघीयता किन भन्नुपर्यो ? स्टालिनकालमा झै पार्टीका केन्द्रीय मुखियाले सबै निर्णय गर्ने भए जनताको जनवाद वा २१औं शताब्दीको जनवाद किन भन्नुपर्यो ? अलिकति विवेक र स्वाभिमान बाँकी छ भने नेकपाका कणहरुले मम भनून् ।’

गत आइतबार बसेको नेकपाको सचिवायको बैठकले प्रदेश नं ३ को नाम बाग्मती र राजधानी हेटौडा बनाउने निर्णय गरेको र सोही अनुसार पार्टीको प्रदेश ३ कमिटि र प्रदेश सांसदहरुलाई निर्देशन दिएको समाचार आएपछि पहिचानवादीहरुले सोको विरोध गरिरहेका छन् ।

4 COMMENTS

  1. डाक्टर साहेब तपाईंले कतै सीमा पारी कबुल गर्नु भएको होला । के स्पष्ट हुन आवश्यक छ भने हिजो हतियार बल र केही गरि पो हाल्छन् कि भन्ने मानिसमा रहेको भ्रमका बीचबाट तपाईं माथि पुग्नु भएको हो । आज समाजले तपाईंको असलियत बुझेका छन् । कतै ठाउँ ओगट्न सकिएला कि भनेर बोल्नु भए पनि मानिस अब भ्रममा रहँदैनन् ।

  2. बाबुराम कम्रेड पहिचानवादिको पक्षमा खुलेरै बोलम न मन नलागि नलागि बोलेर हुँदैन।

  3. हिजो को दिनहरुमा जनयुद्ध का दिनहरूमा सोझा साझा भनाउदा जनताहरु मर्ने र मार्ने दिनहरुमा चाही जातिय पहिचान सहितको संघीयता भन्दा चाही चु नबोल्ने आहिले आएर हाम्रा दाजु भाइहरुलाइ के मा समस्या भाको हो??? डा. सहेब ले सहि त भन्नु भाको छ साइड मा बसेर भए नि।।।।।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here