टेकराज थापा

सुर्खेत । शनिबार विरेन्द्रनगरस्थित होटल भ्याली भ्यूमा स्वास्थ विमा सम्बन्धी प्रदेश सरकार, प्रदेश सांसद र पत्रकारहरूबीच छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ ।

प्रदेश सरकारका तर्फबाट सामाजिक विकासमन्त्री दल रावलकाे उपस्थिति थियो । तपाईंको स्वास्थ हाम्रो अठोट  बाेलकाे मूल नारा लिएर कैलाली जिल्लाबाट स्वास्थ विमा कार्यक्रम सुरुवात भएको थियाे ।

हाल यो कार्यक्रम देशभरका ४९ जिल्लाका ४८५ स्थानीय तहमा लागू भएको छ । स्वास्थ विमा कार्यक्रमका रास्ट्रिय अध्यक्ष तथा निर्देशक माधव पोखरेलले संविधानले नै स्वास्थलाई निशुल्क बनाउनुपर्ने भनेकाेले राज्य गम्भीर भएर लाग्नुपर्ने बताए ।

सामाजिक बिकासमन्त्री रावलले स्वास्थ बिमा कार्यक्रमलाई प्रदेश सरकारले प्राथमिकताका साथ हेर्ने बताए ।

दक्ष जनशक्ति थपेर भए पनि बिरामीलाई लाइनमा लाग्नबाट बचाउनुपर्ने बताउँदै यस कार्यक्रमले समाजलाई समाजवादतर्फ अघि बढ्न प्रेरित गर्ने भएकाले यसमा ध्यान दिन उनले आग्रह गरे ।

त्यसैगरि मुगु जिल्ला प्रदेश शभा क सांसद दानसिङ परियारले कार्यक्रम प्रभाकारी भए पनि अझै जनस्तरमा जनचेतना जगाउन नसकिएको र गरिबहरुबिच पुग्न नसकिएको बताए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here