काठमाडाैं । सामान्यतः हामीले यौनका कुरालाई छाडाको रुपमा लिने गरेका छौं । यो नेपाली समाजको विशेषता नै हो । तर, यौन शारिरीक र प्राकृतिक कुरा हो । हदमा रहेर यौनका कुरा गर्नुलाई छाडा मान्नुहुन्न । नियमित यौन सम्पर्क हुँदा विभिन्न रोगबाट मुक्ति पाइन्छ ।

यौन सम्पर्कका फाइदा
पति(पत्नी भएपछि स्वभाविक रुपमा यौन सम्पर्क स्थापित हुन्छ । यौन सम्पर्क शारीरिक आवश्यक्ता हो । यौन सम्पर्क गर्नु जति फाइदाजनक छ, नगर्नु उत्तिनै हानिकारक पनि । यदि तपाईं यौन सम्पर्क गर्नुलाई ‘नराम्रो’ ठान्नुहुन्छ र सकेसम्म यसबाट पन्छिनु हुन्छ भने, तपाईं आफ्नो स्वास्थ्यसँग खेलबाढ गरिरहनुभएको छ । हुनसक्छ, तपाईको स्पर्म क्वालिटी कम हुनसक्छ र क्यान्सर हुने खतरा पनि बढ्न सक्छ ।
भनिन्छ, यौन सम्पर्कलाई पहरेज गर्दा कतिपय शारीरिक तथा मानसिक समस्याको शिकार हुनुपर्छ । पुरुष मात्र होइन, महिलाले पनि यस विषयमा ख्याल गर्नुपर्छ । के हुन्छ त यौन सम्पर्कलाई पहरेज गर्दा रु

तनाव
एक अध्ययन अनुसार जो यौन सम्पर्कबाट टाढै रहने प्रयास गर्छ, उनीहरुलाई तनावले घेरा हाल्न सक्छ । कहिले काहीँ भिडभाडमा पनि तनावमा आउन सक्छ । किनभने यौन सम्पर्क गर्दा एन्डोर्फीन हर्मोन अर्थात फिल गुड हर्मोन स्राव हुन्छ, जसले तनाव रोक्न मद्दत गर्छ ।

डिप्रेसन
यौन सम्पर्कलाई पहरेज गर्दा सबैभन्दा ठूलो असर त, यसले डिप्रेसनमा पुर्‍याउन सक्छ । खासगरी उनीहरु डिप्रेसनमा पर्न सक्छन् । एक अध्ययन अनुसार मेलाटोनीन, सेरोटोनीन र अक्सिटोसीन पुरुषको विर्यमा रहन्छ, जसले महिलालाई मुड बनाइराख्नका लागि सहयोग गर्छ ।

इरेक्टाइल डिसफङशन
एक अध्ययन अनुसार जो व्यक्ति हप्तामा दुई पटक यौन सम्पर्क गर्छ, उसमा इरेक्टाइल डिसफङनको समस्या त्यती हुँदैन, जो यौन सम्पर्कबाट टाढा रहन्छन् । किनभने पटक पटक यौन सम्पर्क गर्दा पेनाइल मसल्स बलियो हुन्छ ।

कमजोर प्रतिरक्षा क्षमता
के तपाईं पत्याउनुहुन्छ, यौन सम्पर्क नगर्दा प्रतिरक्षा क्षमतामा असर पर्छ । अर्थात कम्तिमा हप्तामा एक वा दुई पटक यौन सम्पर्क गर्ने व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता सही अवस्थामा रहन्छ । जबकी यौन सम्पर्क गर्न पहरेज गर्नेको प्रतिरक्षा क्षमता कमजोर हुन्छ ।

प्रोस्टेट क्यान्सर
यदि तपाईं यौन सम्पर्क गर्नबाट पन्छिदै हुनुहुन्छ भने तपाईंको प्रतिरक्षा क्षमता कमजोर हुन्छ । अमेरिकन यूरोलजिकल एसोशियसनका अनुसार जो नियमित यौन सम्पर्क गर्छ, उनीहरका प्रोस्टेट क्यान्सर हुने संभावना कम हुन्छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here