काठमाडाैं । समाजवादी पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

समाजवादी पार्टीको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बुधबार बिहान बसेको पदाधिकारी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

समाजवादीको यो निर्णयसँगै ओली नेतृत्वको सरकारले दुईतिहाइ बहुमत गुमाएको छ । समाजवादीका एक नेताकाअनुसार पार्टीले अब प्रतिपक्षमा रहेर भूमिका निर्वाह गर्नेछ ।

समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि भावी योजनाबारे केही बोलेको छैन । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले पेश गरेको संविधान संशोधनको प्रस्ताव प्रधानमन्त्री ओलीले अस्वीकार गरेका थिए ।

त्यसलगत्तै मंगलबार उपप्रम यादव र सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले पदबाट राजीनामा दिएका थिए । समाजवादीसँग संघीय संसदमा १७ सांसद रहेका छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here