काठमाडौं । संविधान संशोधन प्रक्रिया अघि बढाउन नेकपा तयार नभएपछि समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले २८ मे २०१८ मा संविधान संशोधन गर्ने दुईबुँदे लिखित सहमतिपत्रमा हस्ताक्षर गरेपछि तत्कालिन संघीय समाजवादी फोरम नेपाल उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी भएको थियो ।

नयाँ शक्ति पार्टीसँग एकता गरी समाजवादी पार्टी बनेपछि समाजवादी पार्टीका केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवले सोमबारको मन्त्रीपरिषद्को बैठकमा संविधान संशोधन प्रक्रिया अघि बढाउन विज्ञहरुको कार्यदल बनाउने लिखित प्रस्ताव पेश गरेका थिए ।

तर, प्रधानमन्त्री ओलीले कानुनमन्त्री समेत रहेका यादवको प्रस्ताव ठाडै इन्कार गरेपछि मंगलबार समाजवादी पार्टीका शीर्ष तहको नेताहरुले बैठक गरी सरकार छाड्ने निर्णय गरेका हुन् ।

‘दुई बुँदे सहमतिको मूल मर्म नै संविधान संशोधन गर्ने थियो,’ समाजवादी पार्टीका उपाध्यक्ष रकम चेम्जोङले सार्वजनिकसँग भने, ‘प्रधानमन्त्रीजीले संविधान संशोधन गर्ने पक्षमा नेकपा छैन भनेर प्रष्ट भनिसक्नुभएपछि हामी सरकारमा रहनुको औचित्य सकियो ।’

उनले कानुनमन्त्री समेत रहेका आप्mनो पार्टी अध्यक्ष यादवले संविधानको कुन कुन धारा संशोधन गर्ने ? भनेर अध्ययन गर्नका लागि कार्यदल गठनको प्रस्ताव मन्त्रीपरिषद बैठकमा लगेको तर प्रधानमन्त्रीले उक्त बैठकमा उक्त प्रस्ताव अगाडि बढाउन रोक्नै नेकपा संविधान संशोधन गर्ने पक्षमा नरहेको बताएपछि आफ्नाे पार्टीले सरकार छाड्ने निर्णय गरेको बताए ।

उनले आफ्नाे पार्टीले अब आपूmहरु किन सरकारबाट बाहिरिएको भन्नेबारे जनतामा प्रष्ट पार्ने बताए ।
उनले आन्दोलनको विभिन्न रुप हुने भन्दै जनताको तहमा जानकारी दिइने बताए ।

उपाध्यक्ष चेम्जोङले संघीय सरकारमा आपूmहरु नरहे पनि प्रदेश नं २ को सरकारमा कुनै प्रभाव नपर्ने बताए ।
प्रदेश नं २ मा समाजवादी र राजपाको सरकार भएको र दुवै दल संविधान संशोधनको पक्षधर भएकोले संघीय सरकारको बहिर्गमनले प्रदेश सरकारमा असर नपुग्ने उनले बताए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here