सुनसरी । किरात राई यायोक्खा केन्द्रिय समितिको निवर्तमान अध्यक्ष तिलक राईलाई सुनसरी धरानको उपमहानगरपालिका प्रमुख तिलक राईलाई शनिबार कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

मंसिर १४ गते भएको उपनिर्वाचनमा उपमहानगरको प्रमुख भएका राईलाई धरानस्थित यायोक्खा भवनमा बधाई तथा शुभकामना दिएको हो । कार्यक्रममा बोल्दै प्रमुख राईले उपमहानगरमा सशक्तिकरणको कार्यक्रहरु अन्य गैरसरकारी संस्था नभएर समुदायमा आधारित सस्थाहरुमार्फत गर्ने बताए ।

जिल्ला प्रशासनमा दर्ता भएको अन्य संस्थाहरुभन्दा सामुदायिक (जातीय) संस्थामार्फत गर्दा प्रभावकारी हुने प्रमुख राईले बताए । आफ्नो विजयमा सबै समुदाय र पार्टीको भूमिका रहेको भन्दै धरानमा कोही प्रतिपक्षी नहुने दोहोर्‍याए । प्रमुख राईले उपमहानगरपालिका सबै वर्ग र समुदायको अभिभावक रहेको बताए ।

आफू उपमहानगरमा अढाई बर्षपछि आएकोले अरुभन्दा बढी र छिटो काम गर्नुपर्ने बाध्यता रहेको बताए । “आहिले म नगरको कर्मचारीको नेतृत्वलाई बुझ्दै छु,” प्रमुख राईले भने, “हिजो के गर्नु भयो छोडेर अब राम्रो काम गरौ।”

पार्टीगत रुपमा आफूलाई नहेर्न अनुरोध गर्दै सानाजिक विकासको लागि एक भएर लाग्नुपर्ने बताए । भौतिक विकासको साथै समाजमा के गर्न सक्छौ योजना बनाएर आउन समुदाय गत सस्थाहरुलाई आव्हान गरेका छन् ।

यायोक्खा सुनसरीका अध्यक्ष बलराम राईको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय महासचिव जनक राईले सस्थाको तर्फबाट प्रमुख राईको कार्यकाल सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा प्रमुख राईलाई पगरी र खादा लाएर सम्माण गरिएको थियो ।

किरात अभियानको अवसरमा आयोजित कार्यक्रममा ययोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, उपमहासचिव भीम राई सचिव अर्जुन जम्नेली राई लगायतको उपस्थिती रहेको थियो । सोही कार्यक्रममा फोटो पत्रकार महासंघको केन्द्रीय सदस्य हुनु भएकोमा उपेन्द्र चाम्लिङ र सुनसरी अध्यक्ष निर्वाचित भएकाेमा विकास राईलाई यायोक्खाले सम्मानपत्र र खादाले सम्मान गरेकाे छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here