काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)बिच राष्ट्रियसभाको निर्वाचनमा तालमेल गर्ने सहमति भएपछि समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले उक्त सहमतिलाई सकारात्मक लिनुपर्ने बताएका छन् ।

उनले संविधान संशोधन पक्षधरहरुबिच सहमति हुनुलाई दीर्घकालिन रणनीतिसँग जोडेर धेरै आशंका गर्न नहुने बताएका छन् ।

ट्वीट गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संविधान संशोधनजस्तो रणनीतिक मुद्दा मिल्ने शक्तिहरुबिच एकताबद्ध हुनैपर्ने जिकिर गरे ।

राष्ट्रियसभाको निर्वाचनको तालमेल विशुद्ध कार्यनीतिगत र तत्कालिक मुद्दा मात्रै भएको उनले उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘राष्ट्रियसभाको निर्वाचनमा तालमेल भनेको विशुद्ध कार्यनीतिक र तत्कालिक मुद्दा हो । यसलाई दिर्घकोलिन रणनीतिसँग जोडेर धेरै आशंका गर्नु उपयुक्त हुन्न । संविधान संशोधन जस्ता रणनीतिक मुद्दा मिल्ने शक्तिहरु एकताबद्ध हुनैपर्छ । नत्र दुईवटा विरालाको झगडामा बाँदरले सबै रोटी खाइदिएजस्तो हुन सक्छ ।’

सत्तारुढ नेकपाले बुधबार मात्र राजपासँग दुई बुँदे सहमति गरेको छ । सरकारमा रहेको समाजवादी पार्टीलाई भने नेकपाले हटाउन चाहेको भन्ने टिप्पणी पनि गरिएको छ ।

1 COMMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here