काठमाडौं । किरात राई यायोक्खाका निवर्तमान अध्यक्ष तिलक राई धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएपछि यायोक्खाका अध्यक्ष दिवस राईसहितको टोलीले बुधबार मेयर राईलाई भेटेर सफल कार्यकालको शुभकामना दिएको छ ।

यायोक्खाका अध्यक्ष दिवस राईका साथै उपाध्यक्ष जिवन हाताचो राई, कोषाध्यक्ष देवान राई लगायतको टोलीले धरान पुगेर मेयर राईलाई शुभकामना दिएका हुन् ।

यायोक्खाका उपाध्यक्ष जिवन हाताचो राईले यायोक्खाका निवर्तमान अध्यक्ष तिलक राईलाई बुधबार भेटेर बधाई ज्ञापन गरिएको बताए ।

तिलक राई यसअघिका यायोक्खाका अध्यक्ष हुन् ।
मेयर राई गत मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएका हुन् ।

धरानको निर्वाचनमा उनले ऐतिहासिक रेकड कायम गरेका छन् । किनभने ६० वर्षदेखि कम्युुनिष्ट पार्टीका उम्मेदवारले विजय हासिल गर्दै आएको भए पनि यसपटक कांग्रेसबाट उम्मेदवार बनेका उनले विजय प्राप्त गरेका हुन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here