खोटाङ । समाजवादी पार्टीअन्तर्गत खोटाङ जिल्लाका युवा र विद्यार्थी संगठनहरुबिच समायोजन गरिएको छ ।
बुधबार खोटाङको दिक्तेलस्थित शुभम् फाउन्डेशनको सभाहलमा औपचारिक कार्यक्रम गरी समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी युनियनबिच समायोजन गरी रोशन राईको अध्यक्षतामा ३७ सदस्यीय समाजवादी विद्यार्थी युनियन खोटाङ जिल्ला समिति घोषणा गरिएको छ ।

यसैगरी सो कार्यक्रममा समाजवादी युवा फोरम र युवा शक्तिबिच पनि समायोजन गरिएको छ ।
गजेन्द्र राईको अध्यक्षतामा ३५ सदस्यीय समाजवादी युवा संघ खोटाङ जिल्ला समिति घोषणा गरिएको विद्यार्थी नेता रविन खम्बूले जानकारी दिए ।

 

समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश नं १ समितिका सचिव सुर्य राई

उक्त कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश नं १ समितिका सचिव सुर्य राई प्रमुख अतिथि थिए ।
जसमा समाजवादी युवा संघका वरिष्ठ उपाध्यक्ष मेहन्त राई, केन्द्रीय सचिव समिर नाछिरिङ, केन्द्र्रीय कोषाध्यक्ष मनकला लिम्बू, समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष सुवास लाबुङ, उपमहासचिव दिनेश दंगाल, प्रकाश चाम्लिङ, समाजवादी पार्टी जिल्ला समन्वय समितिका अध्यक्ष टंक थापा लगायत नेताहरु सहभागी भएका थिए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here