काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संघीय सांसद विशाल भट्टराईले प्रदेश नं १ को नाम किरात प्रदेश राख्नुपर्ने आफ्नाे पहिल्यैदेखिको धारणा रहेको बताएका छन् ।

साकेला उधौलीको अवसरमा शनिबार किरात राई यायोक्खा काठमाडौं जिल्ला समितिले टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा खोटाङबाट निर्वाचित सांसद भट्टराईले सो कुरा बताएका हुन् ।

‘१ नम्बर प्रदेशको अहिलेसम्म नामाकरण हुन सकेको छैन । प्रदेशको राजधानी विराटनगर तोकिसकेका छौ । प्रदेशको नामाकरणको सन्दर्भमा मैले यसभन्दा अगाडि पनि सार्वजनिक रुपमा आफ्नाे स्पष्ट विचार राखिसकेको छु,’ भट्टराईले भने, ‘अब सधैंभरि १ नम्बर, २ नम्बर प्रदेश भनेर हुँदैन । अब हामीले हाम्रो प्रदेशको नामाकरण गर्नुपर्छ । पहिल्यै भनेको कुरा आज पनि दोहोर्याउन चाहन्छु, १ नम्बर प्रदेशको नाम किरात राख्नुपर्छ भन्ने मेरो पहिल्यैदेखि विचार थियो र आज पनि दोहोर्याउन चाहन्छु ।’

सो क्रममा उनले बहुपहिचान खुलाउने हो भने किरातको अघि वा पछि सगरमाथा वा कोशी शब्द राख्न सकिने बताए ।

‘हामीले बहुपहिचान खुलाउने हो भने सगरमाथा किरात प्रदेश वा किरात सगरमाथा वा कोशी किरात वा किरात कोशी पनि भन्न सक्छौ,’ उनले भने, ‘कुनै न कुनै हिसाबले प्रदेशमा बसोबास गर्ने सबै जाति भाषा, धर्म, संस्कृति र सम्प्रदायको भावनालाई समेट्ने गरी नामाकरण गर्यौ भने साँचो अर्थमा हाम्रो पहिचानलाई स्थापित गर्न सक्छौ ।’

उनले १ नम्बर प्रदेशको पहिलो मुख्यमन्त्री किरात राई समुदायकै व्यक्ति शेरधन राई भएकोमा गर्व गर्नुपर्ने बताए ।
उनले भने, ‘आज म गौरवका साथ तपाइहरुको बिचमा भन्न सक्छु हामीले १ नम्बर प्रदेशको पहिलो मुख्य मन्त्री किरात राई समुदायबाटै शेरधन राईलाई चुनेका छौ र उहाँले मुख्यमन्त्रीको हैसियतमा काम गरिरहनुभएको छ ।’

उनले साकेला उधौली र उभौली माझ किरातको मात्र नभएर नेपालीहरुलाई चिनाउने महत्वपूर्ण पहिचान भएको बताए ।
उक्त कार्यक्रममा किरात राई यायोक्खाका केन्द्रीय महासचिव जनक राई प्रमुख अतिथि थिए ।

उनले प्रदेश नं १ लाई किरात प्रदेश नामाकरण गराउन आफूहरुले सामाजिक क्षेत्रबाट संघर्ष तथा अभियान सञ्चालन गरिरहेको बताए ।

ADVERTISEMENT

7 COMMENTS

  1. साम्सदज्यु ! एकालो भासणमा सुरक्षित मार्गका लागि यो शव्द त छाडनु हुन्छ । तर सम्सदीय सभामा चाँही किन मौन ? ०७४ को चुनाव भन्दा अगाडि निक्कै चर्चामा अैईसकेको बिषय ०७४ को आमा चुनाव पछी सेलाएको आवाज हजुरको मुखबाट केको आधारमा फुत्कियो ? कुनै जवाफ छ ?

  2. म पनि साक्षी हो : माननीय बिशाल भट्टराई को त्यो भाषण हुदै गर्दा ! ?

  3. निम्ता पचाउन मात्रै हाे नेकपा नेताहरूकाे भाषण । ह्विप नामकाे सानाे ताला नै काफि हुन्छ, बाेल्नै पर्ने ठाउँमा चाहिँ ।

  4. नेताज्यू,ब्राह्मणको कार्यक्रममा”ब्राह्मणबाद”को कुरा गर्ने,किराँत कोमा किराँतवाद,दलितकोमा दलितबाद,मधेसीको मा मधेसबाद।कहिले सम्म यो जातीय र साम्प्रदायिक राजनिति गर्नुहुन्छ?प्रदेशको अन्य कुनै नाम पाउनुभएन?मेची,कोशी,सप्तकोसी,सगरमाथा,पुर्बी प्रदेश,पुर्बद्वार,कन्चनजंघा,इत्यादि जुनसुकै राख्नोस न।बिरोध गर्नेको भन्दा समर्थन गर्नेको जमात ठुलो हुनेछ त।

  5. सबै जाती बसोबास गरेको ठाउँ फेरि अन्तर्राष्ट्रिय पहिचान बोकेको सगरमाथा पनि छ।
    किराँत प्रदेश नाम हुने छैन ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here