काठमाडाैं । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले नेपालमा संघीयत व्यवस्थालाई असफल पार्न पूराना शक्तिहरू लागिपरेको बताएको दाबी गरेका छन् ।

काठमाडौंको बनस्थलीमा भएको संघीयता र विकाससम्बन्धी अन्तर्क्रियामा उनले देशमा ब्याप्त भ्रष्टाचार, कमिशनतन्त्र र अनियमितताका कारण देशको विकास पछि परेको र हाल प्रतिगामी तत्वहरूले शीर उठाउन लागेको बताए ।

उनले प्रधानमन्त्री ओली बोल्नमा शिरोमणि काममा कछुवा भएको टिप्पणी गरे । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी दुबै संघीयताकाे सन्दर्भमा दोहरो चरित्र बोकेको पार्टी भएको आरोप लगाउँदै उनले भने, ‘सुरुमा यिनीहरूले पहिचानसहितको संघीयताकाे कुरा गरे । आफ्नो बहुमत आएपछि त्यसलाई त्यागे । तिनीहरूले बहुलता र समावेशिताको सन्दर्भमा पनि ओठेभक्ति मात्र देखाए । यिनीहरुले अङ्गीकार गरेको लोकतान्त्रिक समाजवाद र जनवाद दुबै मौलिक रूपमा एकात्मक प्रकृतिको छ । त्यसैले ती दुवै विचारधाराहरू संघीय नेपालका लागि म्याद नाघेका औषधि जस्ता छन् । तिनीहरू नेपाली राजनीतिमा असान्दर्भिक भइसके ।’

श्रेष्ठले समाजवादी पार्टीले लिएको समुन्नत संघीय समाजवाद ती विचारधाराहरूभन्दा गुणात्मक रूपमै भिन्न भएको बताए । उनले भने, ‘हामीले जातीय उत्पीडनमा परेकाहरूलाई संघीयता र वर्गीय उत्पीडनमा परेकाहरूलाई समाजवादको माध्यमबाट मुक्त गर्ने लक्ष्य लिएका छौं । समुन्नत संघीय समाजवाद २१सौँ शताव्दीको विश्व ज्ञान र चेतनामा आधारित नेपाली विशेषतायुक्त समाजवाद हो ।’

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here