काठमाडाैं । न्यूज–२४ टेलिभिजनमा सिधा कुरा जनतासँग कार्यक्रम चलाएर चर्चामा आएका टेलिभिजन पत्रकार रवि लामिछानेले अब नेता उत्पादन गर्नेछन् ।

लामिछानेले टेलिभिजन रियालिटी शो ‘द लिडर’ सञ्चालन गर्ने घाेषणा गरेका छन् । जसबाट नेता वा नेतृत्वकाे खाेजी गरिने छ ।

‘को बन्छ करोडपति’ सञ्चालनमा ल्याएको एसआरबीएन मिडियाको उत्पादनमा छिट्टै उक्त कार्यक्रम सञ्चालन गरिने छ । जसकाे प्रस्ताेता लामिछाने हुनेछन् ।

याे कुरा लामिछानेले फेसबुक लाइभ गरेर समेत जनाएका छन् ।

उक्त कार्यक्रमकाे निर्याणकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वपत्रकार तथा नेता रविन्द्र मिश्र रहनेछन् । बाँकी २ निर्णायक पछि चयन गरिने बताइएकाे छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here