काठमाडौं । धरान उपमहानगरपालिकाका पूर्वमेयर ध्यानबहादुर राईको उपचारमा सहयोग गर्नका लागि ‘ध्यानबहादुर राई बचाऔ अभियान’ सुरु गरिएको छ ।

आफूलाई क्यान्सर लागेको थाहा भएपछि उनले ११ महिनादेखि भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरमा उपचार गराइरहेका छन् ।

निरन्तरको महंगो तथा खर्चिलो उपचार भएपछि उनका लागि हालै मात्र उपचारका लागि सहयोग जुटाउने काम थालिएको हो ।

समाजवादी पार्टीका नेता समेत रहेका राईको उपचारमा हालसम्म ३५ लाख भन्दा बढी खर्च भइसकेको बताइएको छ ।

उपचार पद्दति नै महंगो भएको थाहा पाएपछि उनका शुभचिन्तकहरुले सहयोग गर्ने भन्दै अभियान थालेका हुन् ।

सहयोगका लागि ध्यानबहादुर राईको नाममा सनराइज बैंक लिमिटेड चावहिल शाखा काठमाडौैंमा खाता नं ०१४००१४७५४२९९००१ छ ।

सहयोग गर्न चाहनेहरुले उक्त खातामा सिधै सहयोग रकम जम्मा गर्न सकिने छ ।

यस सम्बन्धी थप जानकारीका लागि महेश श्रेष्ठलाई मोबाइल नं ९८६२१७८५०९ मा सम्पर्क गर्न सकिने छ ।

खोटाङ पुख्यौली घर भएका नेता राई २०४९ सालमा धरानको मेयरमा निर्वाचित भएका थिए । उनी धरानका सफल मेयर मानिन्छन् ।

लामो समय कम्युनिष्ट पार्टीको राजनीतिमा बिताएका उनी तत्कालिन नेकपा एमालेका उपाध्यक्ष अशोक राई समूहले संविधान निर्माणसँग सम्बन्धित पहिचान र समानुपातिक प्रतिनिधित्वका विषय पार्टीले सम्बोधन नगर्ने ठहर गर्दै पार्टी परित्याग गरी नयाँ पार्टी संघीय समाजवादी पार्टी बनाएपछि सो पार्टी हुँदै हालको समाजवादी पार्टीमा रहेका हुन् ।

राजनीतिक तथा सामाजिक रुपमा समेत सहिष्णु, मिलनसार, अब्बल र प्रभावशाली छबि बनाएका राईले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नाे स्वास्थ्यवस्थाबारे जानकारी गराउँदै आएका छन् ।

समय कति निष्ठुरी हुन्छ, आज समयको कहर भोगेर धरानको प्यारो मान्छे पूर्व नगर प्रमुख Dhyan Bahadur Rai असाध्य रोग क्यान्सर…

Gepostet von Mahesh Shrestha Nepal am Samstag, 7. Dezember 2019

 

4 COMMENTS

  1. मैले मेरो मित्र ध्यान बहादुर राईजीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै र सल्लाह दिदै आएकोछु । एकपटक किमो थेरापी छाडेर बैकल्पिक उपचार गरौ भनेर सल्लाह दिएको पनि छु !
    पुन: शिघ्र स्वास्थ्य लाभको कामना छ ❤️🙏❤️

    • यस्ता होनहार समाजसेवी धरानको लागि आवस्यक छ । हामी सबैले मिलेर सहयोग गर्नु पर्दछ । ध्यान बहादुर राई जि को शिघ्र स्वास्थ लाभको कामना गर्दछु ।

  2. हाम्रो आदणिय पुर्व नगरप्रमुख ज्युको उपचारको लागि हङकङबाट कसैले सहयोग अभियान सन्चालन गर्दै हुनुहुन्छ भने मलाई पनि जानकारी होस् !!

  3. धरान नगर पालिकाका पुर्ब नगर प्रमुख श्री ध्यान बहादुर राई एउटा कुसल राजनीतिकज्ञ र प्रखर युवा नेतालाई क्यान्स जस्तो गम्भीर रोगसङ जुधिरहेको खबरले अत्यान्तै मनै दुखी र पिडाबोध भएको छ । उहाको स्वास्थ्यमा सुधार होस भनी इस्ट्देब पारुहाङ्ग र सुम्निमासङ्ग प्राथना गर्दछु ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here