अर्जुन जम्नेली राई

मोरङ । किराँती समुदायको चाड उधौलीको अवसरमा मोरङको केराबारी-९ कुसुमेमा शुक्रबारदेखि सुरु भएको “दोस्राे खुल्ला नकआउट फुटबल प्रतियोगिता-२०७६”काे उद्घाटन खेलमा आयोजक कुसुमे साईनिङ क्लव केराबारी मोरङलाई ट्राइबेकरमा पराजित गर्दै रोयल फुटबल क्लब दमक झापा दोस्रो चरणमा प्रवेश गरेको छ ।

निर्धारित समयमा कुनै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय ट्राइबेकरबाट हरिएको थियो । ट्राइब्रेकरमा ३-५ गोल अन्तरले आयोजक साइनिङ क्लबलाई पराजित गर्दै रोयलले सेमीफाइनलमा प्रवेश पाएको हो ।

भोलि शनिबार सशस्त्र प्रहरी बल पुर्वान्चल र लेटाङ फुटबल क्लब मोरङबीच खेल हुने आयोजक साइनिङ क्लबका अध्यक्ष भक्तशेर लिम्बूले बताए ।

उपाधि विजेतालाई ५१, उपविजेतालाई ३१ हजार नगद, ट्रफी र प्रमाण पत्र प्रदान गरिने भएको छ । क्लबको अध्यक्ष भक्तशेर लिम्बूको सभापतित्वमा भएको उद्घाटन सभामा केराबारी गाउँपालिकाको उपप्रमुख शान्तीकुमारी लिम्बू नेकपा अध्यक्ष राम कार्की, कांग्रेसका प्रकाश बस्नेत, समाजवादी पार्टीका योगराज राई, वडा नं ९ का अध्यक्ष भुपतिन्द्र मल्ल लगायतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here