पर्वत । नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाका कार्यकर्ता नवराज विक अदालतबाट रिहा हुनासाथ सत्तारूढ नेकपामा प्रवेश गरेका छन् ।

म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ८ स्थायी घर भएका विक मंगलबार पर्वतकाे कुश्मामा रहेको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेकपामा प्रवेश गरेका हुन् ।

उनलाई नेकपाका प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदीले टिका र खाँदा लगाएर पार्टीमा स्वागत गरेका छन् ।

विप्लव नेतृत्वकाे पार्टीमा लागेका कारण विकलाई प्रहरीले पक्राउ गरेको थियो ।

विगत तीन महिनादेखि म्याग्दी र पर्वतमा हिरासतमा रहेका विक जिल्ला अदालत पर्वतवाट मंगलबार ५ हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।

अदालतबाट रिहा हुने वित्तिकै उनी नेकपामा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here