-तेज बान्तावा राई

देशको राजाधानी अहिले तेह्राैं दक्षिण एसियाली खेलकुदको झिलिमिलीमा रंगिएको छ । सार्क राष्ट्रका खेल क्षेत्रका पाहुना तथा मिडियाहरुले ठूला-साना होटलहरु भरिएका छन् र आज राष्ट्रिय तथा अन्तराष्ट्रिय मिडियाहरुको माझमा भब्य उद्घाटन समारोह पनि सम्पन्न भयो । कार्यक्रममा बिभिन्न जात-जातिहरुको साँस्कृतिक झाँकीहरु पनि प्रदर्शित भए ।

यही क्रममा किराती संस्कृति  झल्काउने “साकेला सिली”सँगै साकेला गीत घन्किदा हामी किरात (राई)हरुको छाती गर्वले चौडा हुनुपर्ने हो । तर, त्यसो नभएर लाजले अनुहार खुम्चिएको छ । त्यहाँ साकेला सिलीसँगै साकेलाको धुनमा हिन्दु धर्मकी आराध्यदेवी दुर्गा उर्फ “चन्डी”को “रक्षामा गर चण्डी माई” भन्ने भजन प्रस्तुत भएको छ । अस्ति चिनिया राष्ट्रपतिको स्वागतमा पनि यही गीत प्रस्तुत गरिएको सुनियो ।

किरात राई यायोक्खाले वर्षाैदेखि किराती संस्कृति “साकेला” को हिन्दु धर्मकी आराध्यदेवी दुर्गा अर्थात “चण्डी”काे विचमा कुनै सम्बन्ध नरहेको प्रचार गरिरहेको छ । किरातीहरुको महान चाड साकेला उभौलताका पर्ने बैशाख पूर्णिमालाई हिन्दु पात्रो अनुसार “चन्डी पूर्णिमा” पनि भन्ने गरिएकोले कुनै काल खण्डमा राज्यस्तरबाटै “साकेला”लाई चन्डिकरण गर्ने काम भएको थियो ।

किरात राई यायोक्खाको स्थापनापछि हरेक साकेला वा सामूहिक समारोहहरुमा “चन्डी  सकेला ✔️” भनेर प्रचार-प्रसार गरिरहेको छ । अहिले किराती संस्कृतिसँग सम्बन्धित हजाराैंं साकेला गीतहरु युट्युब वा अन्य माध्यममा नि:शुल्क उपलब्ध छन् र सयाैं किराती कलाकारहरु मनोरञ्जन क्षेत्रको मूलधारमै छन् ।

तथापि, गैरकिरातीद्वारा गाइएको “दुर्गा देवीको भजन”लाई “साकेला गीत”को रुपमा जबरजस्ती प्रस्तुत गर्नु कति उचित हो ? यो व्यवस्थापकीय कमीकमजोरी नै हो कि “साकेलालाई चण्डिकरण गर्ने कार्य आजपर्यन्त जारी छ” भनेर बुझ्नुपर्ने हो ? नत्र, सम्बन्धित जात-जातिहरुको संस्कृतिकाे बारेमा किन यस्तो अण्टसण्ट प्रस्तुती प्रदर्शन गरियो ?

यसको जवाफदेही को होला ? सम्बन्धित निकायसम्म पुग्ने मेरो हैसियत नभएको हुनाले यही जिज्ञासा राखेँ । कोही पहुँचवाला हुनुहुन्छ भने शेयर गरेर पुर्याई दिन सहयोग गर्नुहोला ।

राईकाे फेसबुकबाट ।

किराती साकेलाको नाममा दुर्गा देवीको भजन किन ?देशको राजाधानी अहिले "तेर्हौँ दक्षिण एसियाली खेलकुद"को झिलिमिलीमा रंगिएको…

Gepostet von Tej Bantawa Rai am Sonntag, 1. Dezember 2019

 

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here