जनकपुरधाम । प्रदेश नं २ सरकार, विश्व हिन्दु परिषद् र ऐतिहासिक मणिमण्डप संरक्षण समितिको संयुक्त आयोजनामा साेमबार जनकपुरमा एक सय आठ जोडीको सामूहिक आदर्श विवाह सम्पन्न भएको छ ।

मुख्यमन्त्री बेटी पढाउ,बेटी बचाउ कार्यक्रमको एउटा अंगको रुपमा सम्पन्न भएको उक्त सामूहिक आदर्श विवाह कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले यस्ता सामूहिक आदर्श विवाहले समाजमा सकारात्मक सन्देश जाने बताए ।

उनले नवविवाहित जोडीलाई सम्मानपत्र प्रदान गर्दै समाजमा नयाँ साेचकाे विकास हुने भन्दै प्रदेशको कुनै पनि स्थानमा हुने यस्ता आदर्श सामूहिक विवाह कार्यक्रममा प्रदेश सरकार खुलेर सहयोग गर्ने समेत बताए ।

नवविवाहित जोडीको आमा बुवाको खुलेर प्रसंशा गर्दै मुख्यमन्त्री राउतले यस्ता कार्यक्रमले समाजको अभिशापको रुपमा रहेको दहेज प्रथा अन्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here