पोखरा । कास्की–२ को उपनिर्वाचनमा पराजित भएपछि समाजवादी पार्टी कास्कीले जनताले आफ्नाे पार्टीको उम्मेदवार धर्मराज गुरुङलाई दिएको मतले पार्टी निर्माणका लागि मार्ग निर्माण गरेको उल्लेख गरेको छ ।

निर्वाचन परिचालन समिति कास्कीका संयोजक गिरिप्रसाद गुरुङले सोमबार प्रेस विज्ञप्ती निकाल्दै आफ्नाे पार्टीको उम्मेदवारलाई मतदान गर्नेहरुलाई धन्यवाद समेत दिए ।

कास्की–२ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई २४३९५ मत ल्याएर विजयी भएकी छन् । भट्टराईका प्रतिद्वन्दी कांग्रेस उम्मेदवार खेमराज पौडेलले १५९८६ मत ल्याएका छन् ।

समाजवादी पार्टीका उम्मेदवार गुुरुङले केवल १९२२ मत ल्याएका छन् ।

संयोजक गुरुङले विज्ञप्तीमा भनेका छन्, ‘जनताको लामो संघर्षबाट प्राप्त उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न लोकतान्त्रिक अभ्यासको क्रममा उपनिर्वाचनमा क्षमतावान्, इमान्दारर समुन्नत नेपाल निर्माणका लागि नयाँ आयाम थप्न सक्ने अनुभव भएको उम्मेदवार धर्मराज गुरुङलाई मतदाताले दिएको मतको समाजवादी पार्टीले सम्मान गर्दछ । समाजवादी पार्टीका उम्मेदवारले जति मत प्राप्त गरेको छ उक्त मत पार्टीको लागि मार्ग निर्माणको आधार बनेको छ ।’

उनले विगतको भन्दा तेब्बर मत प्रदान गरेको भन्दै मतदाताप्रति आभार प्रकट गरेका छन् ।

उनले संघीय संसद्को रुपमा निर्वाचित भट्टराईलाई बधाइ दिनका साथै सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।

5 COMMENTS

  1. जन्ताले दिएकाे जनमतलाई स्वीकार्नु नै लाेकतान्त्रिक पद्धतिलाई सम्मान गर्नु हाे।

  2. अहिलेको उपचुनाबको नतिजा हेर्दा हाम्रो पार्टिको चित्त बुझ्दो नतिजा आएको देखि दैना यसमा हामिले अबको चुुनाबमा कसरी के गर्ने यसको छलफल गर्न जरुरिछ ।

  3. छलफल गरेर केहि निकास आउदैन है मित्रहरु, कृपया जनता संग जोडिने, थोरै संख्या भय पनि समाज परिवर्तनका लागी आबस्यक ब्यबहारीक राजनैतिक प्रशिक्षणमूलक गतिबिधी संचालनार्थ लगातार (साप्ताहिक/पाक्षीक) कार्यकर्ता परिचालन र पार्टी भीत्र का पदीय भागबण्डाका झमेला, नातागोता च्याप्ने प्रबृती त्यागेर पेसा भन्दा सेबामुखी राजनीतिक बिकास गर्ने अभियान चलाउने काम को जरुरी होला की??????

  4. वहॉ क्षमतावान ब्याक्ति र पार्टीमा सुरुवात देखी नै निरन्तर हुनुहुदो रहीछ तर पार्टीले चुनाव नआइ पुग्न सम्म वहॉलाई अली ओझेलमा पारेकोले पनी मत कम आएको एउटा कारण हो।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here