काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार अस्पतालबाटै आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका छन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीले भिडियो सम्बोधनमार्फत आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मेरो स्वास्थ्य राम्ररी सुधार भइरहेको छ। एउटा मेजर अप्रेसनपछि तपाईंहरु देखिरहनु भएको छ । म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।’

उनले आफूले आइतबारको १३ औं ‘साग’को उद्घाटन समारोह पनि पूरै हेरेको बताएका छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here