धरान । धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार तिलक राई विजयी भएका छन् ।

उनले नेपकाका उम्मेदवार प्रकाश राईलाई २७९५ मतले हराएका छन् । यो जितका लागि फराकिलो मतान्तर हो । उनले २६७०९ मत ल्याएका छन् भने प्रकाश राईले २३९१४ मत ल्याएका छन् ।

किरात राई यायोक्खाका पूर्वअध्यक्ष समेत रहेका तिलक राईको जित ऐतिहासिक बनेको छ ।

नेपालका कम्युनिष्टहरुको लालकिल्ला मानिन्छ धरानलाई । तर, यसपटक त्यो लालकिल्ला तोडिएको छ ।

यायोक्खाका पूर्वअध्यक्ष भएको हिसाबले पनि तिलक चिनिएका नेता थिए । जसका अगाडि कम्युनिष्ट वृत्तमा मात्र चिनिने प्रकाश राई पराजित भए ।

तर, धेरैको आकलन के थियो भने धरानमा फेरि पनि नेकपाले नै जित्नेछ ।

हाल निर्वाचित भएका तिलक राई २०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा पनि मेयरमा प्रतिस्पर्धा गरेका थिए, र उनी पराजित भएका थिए ।

उनलाई तत्कालिन नेकपाका उम्मेदवार तारा सुब्बाले हराएका थिए । सुब्बा उम्मेदवार छदाँदेखि नै अस्वस्थ्य थिए सोही कारण उनको मृत्यु भएपछि हाल धरानमा उपनिर्वाचन भएको हो ।

अब बाकी रहेको साढे २ वर्षका लागि धरानको मेयर भएपछि तिलकलाई बधाइ दिन थालिएको छ । कांग्रेसले विजय जुलुुस निकालेको छ ।

सो क्रममा राईले स्थानीय तहमा प्रतिपक्ष सरकार पक्ष नहुने बताए । उनले आफ्नाे जित धरानबासीको जित भएको बताए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here