कांग्रेसका उम्मेदवार तिलक राई

धरान । धरान उपमहानगरपालिकाको मेयर पदका लागि भएको उपनिर्वाचनकाे मतगणना नेपाली कांग्रेसका उम्मेदवारले मतान्तर बढाएका छन् ।

अहिले बिहान ८ बजे सार्वजनिक भएको मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार तिलक राईले १६४७ मतान्तरसहित अग्रता लिएका हुन् ।

उनले २४ हजार ६ सय ५१ मत प्राप्त गरेका छन् । नेकपाका प्रकाश राईले २३ हजार ४ मत पाएका छन् ।

२० वटा वडा रहेको धरान उपमहानगरपालिकामा अब वडा नं १ र ७ को मात्र मतगणना हुन बाँकी छ । अहिले वडा नं २ काे मतगणना भइरहेको छ ।

धरानमा यसपटक कांग्रेसले कम्युनिष्टकाे लाल किल्ला ताेड्ने देखिएकाे छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here