धरान । बलात्कारको आरोप लागेका सिद्धबाबा कृष्णदास साेमबार विहान विराटनगरबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले सोमबार बिहान ५ बजे विराट नर्सिङहोमबाट नियन्त्रणमा लिएको हो । उनी विरुद्ध एक महिलाले बलात्कार गरेको उजुरी प्रहरीमा परेपछि उपचारका लागि भन्दै विराटननसिंह होम भर्ना भएका थिए ।

महिलासँग घटना सार्वजनिक नगरिदिनु भन्दै बोलेको फोन अडियो महिलाले सार्वजनिक गरेपछि उनी झन विमारी परि आसियुमा भर्ना भएका थिए ।

प्रहरीले कृष्णदासलाई आसियुबाटै पक्राउ गरेकाे हाे ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here