काठमाडाैं । आफ्नै महिला अनुयायीलाई जबरजस्ती करणी गरेको आरोप लागेका सुनसरी चतराधामका धर्मगुरु कृष्णदास महाराज भनिने कृष्णदास गिरीले आफूबाट गल्ती भएको स्वीकार गरेको अडियो सार्वजनिक भएकाे छ ।

गिरीले गत कात्तिक ४ गते जबरजस्ती करणी गरेको भन्दै पीडित महिलाले सुनसरी जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन् ।

उजुरी दर्ता भएपछि कृष्णदासले महिलालाई गरेको फोन रेर्कडमा पटक-पटक आफूबाट गल्ती भएकाले क्षमा माग्दै कारवाही रोक्न आग्रह गरेकाे सुनिन्छ ।

पीडित महिलाको उजुरीपछि कृष्णदास बिरामी भएको भन्दै विराटनगरको विराट नर्सिङ होममा भर्ना भएका छन् ।

स्रोतका अनुसार प्रहरीले गत शुक्रबार नै जिल्ला अदालतबाट सुनसरीबाट पक्राउपूर्जी लिएपनि अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन । कृष्णदासका अनुयायीले सामाजिक सञ्जालमा कृष्णदास र महिलाबीच म्यासेजमा भएको कुराकानी सार्वजनिक गरेका छन् ।

अन्धभक्तहरू भगवानकाे पछि, भगवानचाहिँ नारीकाे पछि ।संसारमा सबैभन्दा शक्तिशाली नारी हाे ।भगवान भन्नेले उल्टै अाफूले सेक्स गरेकाे नानी समक्ष अाफूलाई बचाइदिन जीवन रक्षाकाे बिन्तिभाउ गर्छ भने त्याे कसरी भगवान ? ठग कष्णबहादुर गिरी उर्फ सिद्धबाबाले अाफुद्वारा बलात्कृत नारीसंग यसरी जीवनकाे भिख मागिरहेकाे छ :

Gepostet von बलदीप प्रभाश्वर चामलिङ am Sonntag, 1. Dezember 2019

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here