काठमाडाैं । किरात सुनुवार भाषामा “कोइच कुम्सो खिं” केन्द्रीय समितिको पहिलो काेसेली “कोइँच कुम्सो खिम ग्लुम्मुईसाउ”को म्युजिक भिडियो सार्वजनिक गरिएकाे छ ।

संस्थाका उपाध्यक्ष तथा लोक गायक दिपक सुनुवारको सभापतिमा सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष रणवीर सुनुवार, आदिवासी जनजाती चलचित्र माहासंघका केन्द्रीय अध्यक्ष अमृत सुनुवार, साहित्यकार तथा सुसेस पूर्वअध्यक्ष लोकप्रिय सुनुवार, डा. लाल रापच, सामाजिक अभियन्ता किसोर सुनुवार, चर्चित गायिका पूजा सुनुवार तथा कम्युनिस्ट पार्टीका युवा नेता कृष्ण सुनुवार, समाजवादी पार्टीका युवा चम्पक सुनुवार किरातीलगायतकाे उपस्थितिमा शनिबार म्युजिक भिडियाे सार्वजनिक गरिएकाे हाे ।

कार्यक्रममा किराती सुनुवार समुदायका अग्रज, सामाजसेवी, पहिचानप्रेमी युवा, विद्यार्थी, बुद्धिजीवी, कलाकारहरुको उपस्थिति थियाे ।

कार्यक्रमको संचालन संस्थाका सचिव निर्जला सुनुवार र समिती सदस्य तिर्थ सुनुवारले गरेका थिए ।

नेपाली भाषामा “कोइँच कुम्सो खिम ग्रम्मुईसाउ”को अर्थ “सुनुवारको घरमा भेटघाट” भन्ने हुन्छ ।

यस म्यूजिक भिडियोमा किरात सुनुवार समुदायको रितिरिवाज, सांस्कृतिक भेषभुषा र रोधी घरमा गाईने गानामा आधारित प्रस्तुती छ ।

म्यूजिक भिडियोको गानामा हिक्मत सुनुवार र निर्जला सुनुवारकाे स्वर छ भने खेम सुनुवारको शब्द रहेको छ ।

गानामा गायिका निर्जाला सुनुवारको संगीत रहेको छ । म्यूजिक भिडियोमा शिव सुनुवार र प्रशंसा सुनुवारसहित अन्य सुनुवार कलाकारहरुको अभिनय रहेको छ भने भिडियोलाई मुस्कान सुनुवारले निर्देशन गरेका छन् ।

म्यूजिक भिडियोमा बिरेन्द्र भट्टको छायांकन रहेको छ भने किरण थापाले सम्पादन गरेका छन् । यस म्यूजिक भिडियोलाई बिन्दाबासिनी म्यूजिक कम्पनीले यू-ट्युवबाट सार्वजानिक गरिएको छ ।

1 COMMENT

  1. हाम्रो समाचार सार्वजनिक.कमले आफ्नो समाचारमा अटाई दिनु भएकोमा हार्दिक धन्यबाद तथा आभार प्रकट गर्दै हाम्रो पहिलो प्रयासको प्रस्तुति हेरेर यहाहरूलाइ कस्तो लाग्छ जस्ताको तस्तै कमेण्ट गरि हामीलाई थप कामको लागि उर्जा र हौसला पदान गर्नुु हुनेछ भन्ने अपेक्षा सहित कृतज्ञता ज्ञापन गर्छु । धन्यबाद “संस्कृति हाम्रो पहिचान, कलालाई सधैं प्रोत्साहन”

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here