काठमाडौं । सर्लाहीको हरिपुर्वा नगरपालिका–१ को वडा अध्यक्षमा समाजवादी पार्टीका उम्मेदवार श्यामबाबु राय विजयी भएका छन् ।

३४७ मत ल्याएर राय विजयी भएका हुन् ।

उनका प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टीका उम्मेदवार रामविश्वास राय र नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार मोहम्मद अन्सारीले समान ३२८ मत ल्याएका छन् ।

यसैगरी सिके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवार दिनेश राय यादवले ५२ मत ल्याएका छन् भने कांग्रेसका उम्मेदवारले २३ मत ल्याएको निर्वाचन अधिकृत कृष्णराम कोइरालाले बताएका छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here