काठमाडौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङदेनले आप्mनो पार्टी र मंगोलन नेशनल अर्गनाइजेशन (एमएनओ)बीच लडाकु भावना मिल्ने बताएका छन् ।
उनले दुई पार्टीबीच निरन्तर छलफल भई एकता हुन सके नेपालको राजनीतिले अग्रगामी छलाङ मार्ने समेत बताएका छन् ।
नेता लिङदेनले फेसबुकमार्पmत यो कुरा बताएका हुन् ।
उनले मञ्च र एमएनओबीच बाहुन क्षेत्रीप्रतिको दृष्टिकोण र संघीयतामा भने फरक मत रहेको पनि उल्लेख गरेका छन् ।
तर, आदिवासी जनजाति शब्दलाई मंगोल भन्नुपर्ने विषयमा आफ्नाे आपत्ति नरहेको लिङदेनले बताएका छन् ।
‘एमएनओले बाहुन क्षेत्रप्रति कडा दृष्टिकोण राखेको छ, त्यसमा मञ्चको भनाइ अलिक फरक छ,’ उनले लेखेका छन्, ‘एकात्मक ब्राम्हणवादले नेपालमा गर्नुसम्म गरेको छ । यसमा हामी सबै सहमत छौ । तर, हाम्रो गन्तव्य डुब्नुको उल्टो डुबाउनु हुँदैन बरु उत्रनु हुनुपर्छ भन्ने हो । पहिचान क्रान्तिले मंगोल, आदिवासी, दलित, मधेसी, थारु, मुस्लिम, आर्य, खस सबैलाई सहअस्तित्ववाद मार्फत मुक्ति दिनुपर्छ भन्ने हो ।’
उनले एमएनओले प्रदेशहरुको नाम कोशी, बागमती गण्डकी नै हुनुपर्छ भनिरहेको तर आपूmहरुले भने लिम्बुवान, खम्बुवान, शेर्पा, तामाङसालिङ, तमुवान, मगरात, खसान, मधेस, थरुहट, नेवा प्रान्त भनेर आन्दोलन गरिरहेको बताएका छन् ।
बाहुन क्षेत्रीप्रतिको दृष्टिकोण र संघीय प्रदेशका विषयमा फरक मत रहेको पनि दुई पक्षबीच निरन्तर छलफल बहस गरेर मिल्न सकिने भन्दै लिङदेनले लेखेका छन्, ‘मिल्न सकिने विन्दुमा समझदारी गर्न सके नेपालको राजनीतिले अग्रगामी छलाङ मार्नेछ ।’
संसारमा असम्भब भन्ने केहि हुन्न।
प्रदेशको नाम कुनै पनि हालतमा जातीयको नाम मा हुनुहुदैन र मंगोल नेशनल अर्गनाइजेसन संगठन मा कुनै पनि हालतमा अर्यन बाहुन छेत्री लाई समाबेश गरिने छैन । यति बाहुन छेत्री संगै मिलेर जान्छ भने MNO ले कुनै हालत् मा एकता गर्दैन । र जातीय लाई एकता गर्दै मुलबासी मंगोल समुदायको गुमेको भुमि अस्तित्व सहित धर्म सस्कार सस्कृती भेषभुसा लिपि सम्पुर्ण अधिकार प्राप्ति संगै देश मुलबासि मंगोल समुदायको हातमा हुनुपर्छ । अनि मात्रै सबैले समान्त स्वतन्त्रता र भातृत्यो कायम गर्न सकिन्छ ।। होइन भने कुनै पनि माईकालाल पार्टी वा अन्न्य संघसंगठन संग । मंगोल नेशनल अर्गनाइजेसन ले एकता गर्दैन ।। जै मंगोल जै मुलबासी भुमिपुत्र ।।।
यदि साच्चिकै निस्वार्थ र स्वच्छ भावनालाई लिएर हो भने अवस्य तर पहिला जस्तै कुमार जि तपाइले फेरि भोलि पार्टी फुटाएर अर्कोतिर जानू त हुन्न..??
M.N.O. जनमुक्ति,संलोरामले २० बर्षमा पनि अझै ओरालो लागिराछ अझै यस्तै बिचल्ली विचारमा रहिरहे अबको १० बर्ष पछि लोप होला है
वास्तबमा सबै अस्तित्वको खोजिमा लगेकाहरु मघ्यमा आज एउटै अस्तित्व भएको हामी हाम्रो गुमेको भुमी र खोसिएको अधिकारको लागि M .N .O and संघिय लिम्बुवान मन्च सफल्ता प्रप्तिको लागि एक हुनै पर्छ।
सबै लेखीएका बिचार हरु बुद्वीले भियान्जेल धोतलीएर पढे खुशी लागो ।
तर मेरो बिचार चै यसतो छ ,राज्यले कसैलाई काख र कसैलाई पाखा हाम्रो देश भरीनै नपाउने शाहाजात पृथ्वी नारायणे ले पारेको हो ,अहीले सम्म राज्यको हरेक निकायमा त्यही कुरा लाई पालना गरीरहेको छ । उनी हरुले त्यही एकै खाले अनुहार लाई राज्यको हरेक निकायमा राखेर हामी आखा चिम्से लाई रिस त उठाकै छ
अब यसको हल कसरी गर्ने भन्ने नै हो । यदी राज्यले त्यसो नगरेको भए आज सङधीयताको पनी आवश्यक नै ठान्दैन थिए भन्ने कुरो मेरो ठम्याई हो ।
इज १७ हजार जनताको छोरा छोरीले रगत बगाए गणतनत्र आयो ,सबैले बोल्ने ,लेख्ने, छाप्ने अधीकार पाए , सङधीयतामा पनी भयो ।
त्यसो हुदा सङधीय राज्यको नाम ईतीहासीक नाम नै भए सबैले त्यो खुशी को थुप्रो थुपार थिए भन्ने ठम्याई हो ।
अर्को कुरा बाहुन क्षेत्रीको कुरा आयो , ईमानदार बाहुन क्षेत्री लाई सम्मान नै गर्नु हाम्रो धर्म हो भन्ने बुझाई हो ।
फटाहा हरु जो सुकैलाई पनी राज्यको हरेक निकाय बाट निकाली दणडीत गर्नु नै राष्ट र जनताको भाग्य र भबिष्य निर्माण गर्नु हो भन्ने एउटा तर्क हो / बिष्लेशण हो ,।