काठमाडौं । साहित्यकार राजन मुकारुङको ‘हाटा जाने अघिल्लो रात’ कविता कृतिमा रहेको ‘सेवा छ भन्छु सुन्दैनौ’ बोलको कवितालाई गीतको रुपमा रेकर्डिङ गरिएको छ ।

उक्त गीत सर्वाधिक लोकप्रिय गायक राजेश पायल राईको स्वरमा रेकर्डिङ गरिएको हो । संगीत भने दिनेश बान्तावाले गरेका हुन् ।

केही दिनअघि हाटा जाने अघिल्लो रातमा रहेकोे ‘लहरले भन्छ’ बोलको कवितालाई पनि गीतको रुपमा रेकर्डिङ गरिएको थियो । जुन गीत सुनिता थेगिमले गाएकी छन् ।

साहित्यकार मुकारुङले सेवा छ भन्छु सुन्दैनौ बोलको गीत अब चाडै सबैले सुन्न पाउने बताएका छन् ।
सेवा रेकर्डिङ स्टुडियामा रेकर्डिङ गरिएको हो ।

महाकवि राजन मुकारुङको शब्द र दिनेश बान्तवाको संगीतमा मीठो गीत रेकर्ड भयो । तपाइँ पनि इन्जोय गर्नुस् । हुरुक्कै भए म ….

Gepostet von Rajesh Payal Rai am Freitag, 22. November 2019

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here