काठमाडौं । निर्वाचन आयोगले नेकपाका अध्यक्ष पुष्पकमल दाहालले हेलिकोप्टर चढेर चुनावको प्रचार गरेको पुष्टि भए उनीमाथि कारबाही गर्ने बताएको छ ।

आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दाहालविरुद्ध उजुरी परेको र सोबारे छानबिन भइरहेको बताए ।

बुधबार नेकपाका अध्यक्ष दाहालका साथै महासचिव विष्णु पौडेल र सुवास नेम्वाङले पोखरा, धरान र भक्तपुरमा हेलिकोप्टर चढेर चुनावी प्रचार गरेका थिए ।

निर्वाचन प्रचारमा हेलिकोप्टर प्रयोग गर्नु निर्वाचन आचारसंहिताविपरीत हो ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here