– जुद्ध ढाक्रे

नेपालमा राजादेखि रंकसम्म राष्ट्रियताको डंका पिट्ने गरेको सदियौदेखि सुनिदै आएको हो । तर, यसचोटि भारत सरकारले लिपुलेक र कालापनीलाई समेटेर नक्सा सार्वजनिक गरेपछि नेपालीहरुको आवाज एकतामा उठेको छ । त्यो बडो गजबको रहेछ र यस आवाज राष्ट्रिय एकताको दह्रिलो पेच कस्दै गएको छ । यो नेपाल र नेपालीको लागि ज्यादै महत्वको विषय हो ।

नेपालमा कम्युनिष्टले कांग्रेसलाई र कांग्रेसले कम्युनिष्टलाई पालैपालो भारतीय दलालको आरोप लगाउने गरेका छन् । तर, गोरखा राज्य टिकाउन र राज्य विस्तार गर्न पृथ्वीनारायण शाहदेखि नै इष्ट इन्डिया कम्पनीको चाकडी गरेको इतिहास पढ्न पाइन्छ । पूर्वमा किरात राज्यमाथि हस्तक्षेप गर्दा पृथ्वीनारायणले काशीबाट इष्ट इन्डिया कम्पनीबाट भरुवा बन्दुक लिएर किरात क्षेत्रमा हस्तक्षेप गरेको देखिन्छ भने इष्ट इन्डियाका सरकारलाई टिबेटतिर व्यापार गर्न सहयोग गर्ने नाममा उपत्यकाका मल्ल राज्यहरुलाई हस्तक्षेप गर्न पनि इष्ट इन्डिया वा बेलायतीहरुले पृथ्वीनारायण शाहलाई सहयोग गरेको देखिन्छ । यसले के प्रष्ट पार्छ भने पृथ्वीनारायण शाहले पनि आफ्नाे राज्य टिकाउन भारतमा रहेका बेलायतीहरुकै टेकुवाको भरमा राज्य चलाएका थिए ।

कोत पर्वबाट उदाएका जंगबहादुर राणाले इष्ट इन्डिया कम्पनी वा बेलायतीहरुकै सहयोगमा श्री ३ पद्वी हात पारी १०४ वर्ष जहानिया शासन कायम गर्न सफल भएका हुन् । दक्षिण एसियाका जनता मिलेर बेलायतीहरुलाई लखेट्नुपर्छ भन्ने तत्कालिन राष्ट्रवादी व्यक्ति भिमसेन थापालाई राणाहरुसँग मिलेर तत्कालिन बेलायतीय आवासीय दुत ब्रायन हड्सनले षडयन्त्र गरी मृत्युदण्ड दिलाएका हुन् र उनको काटेको टाउको बेलायतको संग्रहालयमा पुर्याएका हुन् भन्ने प्रमाण उनले नै लेखेको किताब The Origin of Himalayan Studies, Brian Houghton Hodgson in Nepal and Darjeeling 1820-1858 edited by David M. Waterhouse मा पढ्न पाइन्छ ।

यसको अर्थ के हो भने भिमसेन थापालाई मार्न र राणाहरुलाई स्थापित गर्न भारतमा बसेर बेलायतीहरुले कति लगानी गरेका रहेछन् भन्ने प्रष्ट बुझ्न सकिन्छ । राणाहरुले बेलायती बैशाखीमै राज्य चलाएका थिए भन्ने कुरा कसरी पनि प्रष्ट हुन्छ भने महात्मा गान्धीले ‘भारत छोडो’ आन्दोलन गरेर सन् १९४७ मा सफल भए । बेलायतीहरुले भारतलाई हिन्दुस्तान र पाकिस्तान बनाएर गए । अनि, नेपालमा पनि राणा शासन ढल्यो । भन्न त राणाहरुले पनि विदेशी बैशाखी टेकेर आपूmलाई राष्ट्रवादी नै भन्यो । राणा शासन औपचारिक रुपमा समाप्त गर्र्ने निर्णायक भूमिका पनि नारदमुनि थुलुङ र रामप्रसाद राईले नेतृत्व गरेको मुक्ति सेनाले २००७ सालमा गरेको हो । तर, त्यसको फाइदा क्रान्तिकारी किरातहरुलाई पाखा लगाउँदै नेपाली कांग्रेस र तत्कालिन दरबारले दिल्ली सम्झौतामार्फत फाइदा लिए ।

दिल्ली सम्झौतादेखि नेपालको राष्ट्रियतामा भारतले धावा बोल्यो । अझ सन् १९५० को सन्धीमा समस्या छँदै थियो, दिल्ली सम्झौतामा अरु थपियो । सन् १९६२ को भारत चीनको युद्धमा भारत हारेपछि कालापानीमा तत्कालिन राजा महेन्द्र शाहले आप्mनो शासन जोगाउन भारतलाई सेना राख्न दिएका हुन् भन्ने सुनिन्छ । यसको दस्तावेज नेपाल सरकारसँग छ कि छैन ? नेपाल सरकारको तलब खाने कर्मचारीहरुले जानुन् । एउटा कुरा के प्रमाणित हुन्छ भने नेपालका शासक भनाउदाहरुले नेपाललाई नोक्सान हुने गरी र आफ्नो कुर्सी जोगिने गरी भारतसँग कही न कही सम्झौता गरेको देखिन्छ ।
राजनीतिक दलहरुको इतिहास हेर्दा पनि नेपाली कांग्रेसको जन्म भारतको बैगनियामा सम्पन्न भएको सम्मेलनबाट स्थापना भएको देखिन्छ । साम्यवादी भनाउदाहरुको पार्टीको जन्म पजि कोही तत्कालिन दरबार वन भारत नै हो । तत्कालिन माओवादी जंगलमा जन्मेको भन्थे । तर, जंगलमा लाएको गुड भारतकै हो भन्ने घटनाले प्रमाणित गर्छ ।
त्यसैले नेपालको सार्वभौम सत्ता जहिले पनि कमजोर रहेको छ । जतिसुकै राष्ट्रवादी नेताहरु हुन् उनीहरुले पदको नाममा छात्रवृत्तिको नाममा, भोजभतेरको नाममा भारतीय दुतावास घुमिरहेको देखिन्छ ।

बाहिर आएर चर्को राष्ट्रवादी भाषण गरेको देखिन्छ । २०४६ सालपछि प्रधानमन्त्री हुने व्यक्तिहरुमा भारतको हरियो संकेत बिना प्रधानमन्त्री भएको मान्छे झलनाथ खलान मात्र हुन् भन्छन् । त्यो पनि प्रचण्डको भारतसँग सम्बन्ध बिग्रेपछि यस्तो परिणाम आएको भन्ने राजनीतिक जानकारहरु बताउँछन् । कुरो बुझ्न गाह्रो छ । हालका मुख्य सचिव पनि दक्षिणको संकेत बिना केही गर्दैनन् भन्छन् ।

अब राष्ट्रियता खोज्न कता जाने होला नेपालीहरुले ? यी घटनाहरु हेर्दा नेपालको राष्ट्रिय एकता धरातल नै कमजोर जगमा उभिएको छ । एकातिर पृथ्वीनारायण शाहले विभिन्न राज्यहरु हस्तक्षेप गरेर गोरखा राज्यमा सामेल गरेपछि उनका चाटुकारहरुले पनि त्यही घटनालाई राष्ट्रिय एकताको न्वारान गरे पनि नेपालका आदिवासी, मधेसी, खस र थारुहरुले राज्य त गुमाएका थिए र पृथ्वीनारायण शाहले चलाएको हिन्दुकरण अभियानको कोपभाजनमा पनि परेकै थिए ।

पृथ्वीनारायण शाहको हिन्दुकरण अभियान प्रत्यक्ष रुपमा वा अप्रत्यक्ष रुपमा राणा, पञ्चायत, कांग्रेस र वर्तमान कम्युनिष्टहरुले समेत बढाउँदै लगेको देखिन्छ । यसरी पनि नेपालका मूलवासी राज्यले भाषाको, धर्मको, संस्कृतिको रुपमा बहिष्करणमा पार्दै आएकोले नेपालको आन्तरिक राष्ट्रियता कमजोर रहेको कुरा सबैमा ज्ञात नै छ । किनभने यहाँका मूलवासीले राज्यको अपनत्व महशुस गर्न पाएका छैनन् । त्यसैले यस कुरालाई राज्यले हेक्का राखेर राष्ट्रिय एकताको बहिष्करणमा पारिएको समुदाय, भाषा, धर्म, संस्कृति, क्षेत्र र लिङ्गलाई मूलधारमा समेट्नु नै छ ।

हाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्वासो चरित्र देखाउँदै कालापानी र लिपुलेक भारतको नक्सामा समेटेपछि त्यसको विरुद्धमा जुन नेपालीहरुमा एकताको आवाज घन्कियो, यो नेपालीहरुको अमूल्य पूँजीको रुपमा रहेको छ । राष्ट्रिय एकताको लागि र देश बचाउनका लागि हरबखत चनाखो भएर यही काम गर्नु पर्दछ ।

नेपालीले आणविक लडाईं गर्न सक्ने अवस्था छैन । यो नेपाली एकता विश्वको आणविक हतियार भन्दा धेरै महत्वको छ । यो एकताको अगाडि आणविक शक्ति केही होइन । ब्वासो नरेन्द्र मोदीलाई पनि धन्यवाद छ । उनले नेपालीहरुलाई एक हुने मौका दिएका छन् । यसचोटि एकताको आवाजमा अपवाद बाहेक कोही छुटेको छैन । भारतकै चम्चेहरुको पनि बोली बन्द भएको छ । जुनसुकै दलको भए पनि राज्य सत्ताका हाकिम पहाडी हिन्दुवादी बाहुनहरु रहे । त्यसले मधेसीहरुलाई हेर्ने आँखा यिनी सिमापारिकै हुन् भन्ने जस्तो थियो विगतमा । तर, यथार्थ त्यो थिएन । असल रुपमा सिमा सुरक्षा राष्ट्रवादी मधेसी जनताले गरिराखेका छन् । यसपटक पनि लिपुलेकमा सरकार जान नसक्दा दुई मधेसी पत्रकारहरु नेपाली झण्डा लिएर लिपुलेक पुगेको प्रमाण छदैछ । र, यस अर्थमा अरु नेपाली भन्दा मधेसी नेपालीहरुले राष्ट्र जोगाउने काम गरेका छन् भन्दा अतिसयुक्ती हुँदैन ।

नेपाली सेना व्यापार गर्न मस्त छ र दुई पैसा महत्व नभएका नेताहरुको सुरक्षा गर्न भ्याइनभ्याइ छ । उता सिमा कता छ ? भन्ने हेक्का छैन । जनपथ प्रहरी र सशस्त्र बल कसले के सुविधा पाउने भनेर झगडा गरेर बसेका छन् । देशको निशानी जंगे पिलर गायब गर्दा पर बसेर नदेखेको जस्तो गर्छन् । राष्ट्रिय फौजको यो अवस्था नेपाली जनताले राम्रोसँग बुझेका छन् ।

ओली सरकार राष्ट्रियताको डंका पिटेर आएको सरकार हो र यो सरकारसँग दुई तिहाइको सुविधा पनि छ । नेपाली जनताले आफ्नाे सार्वभौम सत्ता जोगाउन बुलन्द आवाज उठाएका छन् । यस आवाजले पनि सरकारलाई सहयोग गर्छ । अब नेपाली जनताले हेर्नुछ दुई तिहाइ राष्ट्रवादको चर्को नारा लगाउने सरकारले कालापानीबाट भारतीय सेना हटाउँछ कि हटाउँदैन ? नेपालको भारतले मिचेको भूमि फिर्ता गर्छ कि गर्दैन ?

यस कलमकारको नेपाल सरकारबाट २०६८ सालमा प्राप्त राष्ट्रिय प्रतिभा पुरस्कार विजेता गीत यहाँ प्रस्तुत गरिएको छ ।
देशकै लागि बाचौ
देशकै लागि मरौ
भनौ भनौ सबैले भनौ
जननी जन्मभूमिष्च
स्वर्गदपि गरियसी

हिमाल हाम्रै पहाड हाम्रै
मधेसका फाँट हाम्रै
सयौ रंगहरु फुल्ने
सुन्दर नेपाल हाम्रै

भृकुटी हामै सिता हाम्रै
भगवान् बुद्ध हाम्रै
सयौ जाति धर्मको
अनेकतामा एकता हाम्रै ।

1 COMMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here