काठमाडाैं । ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा कार्यरत डा. रोहितकुमार झा बलात्कारकाे आरोपमा पक्राउ परेका छन् ।

उनीमाथि आइतबार उपचारका लागि आएकी एक विरामी महिलालाई चेकजाच गर्ने क्रममा कोठाभित्र बोलाएर बलात्कारको प्रयास गरेको आरोप छ ।

पीडितले दिएको जाहेरीका आधारमा डा. झालाई सोमबार साँझ अस्पताल परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको हाे ।

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार सामान्य स्वास्थ्य जाँचका लागि आइतबार अस्पताल पुगेकी एक युवतीलाई इमरजेन्सी वार्डसँगैको कोठामा डा. झाले बलात्कार प्रयास गरेको आरोप छ ।

ती युवतीले आफूलाई डा. झाले चुकुल लगाएर बलात्कार प्रयास गरेको किटानी जाहेरी दिएकी थिइन् ।

जाहेरीमा उल्लेख भएअनुसार डाक्टरले महिलालाई जाँच्ने क्रममा विस्तारै गोप्य अंगमा हात लगेका थिए । त्यसपछि बलात्कार गर्न खोजेपछि महिला कराउन थालेकी थिइन् ।

डाक्टरमाथि अनुसन्धान सुरु भएको प्रहरीले जनाएकाे छ ।

ADVERTISEMENT

1 COMMENT

  1. नेपाल भ्रमण वर्ष 2020 का लागि 20लाख पर्यटक भित्र्याउने लक्षका साथ बिदेशिहरुलाई निम्तो दिएको
    नेपाल सरकारले,ती बिदेशी लाई होमस्टे मा राख्न प्रचारबाजी गरेको,बलात्कार प्रयासको शुरुवात नै गरिने
    भएर हो वा संयोगबश,के हो केही समय अगाडि देशको सर्बोच्च बिधायिकाका सभामुखलाई बलात्कारको प्रयास मुद्दामा न्यायिक सिलसिलामा थुनामा राखिएको
    यस्तै अन्य ब्यक्ति र हाल यिनी डाक्टरलाई पनि उस्तै ।
    अब पर्यटकको कस्तो हर्कत हुनै हो भविष्यले बताउने छ।
    तर बिदेशीहरुलाई होमस्टेमा राख्नेहरुले बिद्यमान बिकृति बिसंगति तर्फ सचेत र सजग रहन भने आवश्यक
    देखिन्छ *****? जयश्री पशुपतिनाथ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here