जापानका केही कम्पनीहरुले आफ्नाे कम्पनीका महिला कामदारहरुलाई चश्मा लगाउन प्रतिबन्ध लगाएका छन् ।

चश्माले महिला कामदारहरुलाई रुखो र अनाकर्षक देखाउने भन्दै चश्मा प्रतिबन्ध गरिएको हो ।

तर, उनीहरुको प्रतिबन्धको यो निर्णयलाई चालोचना पनि गरिदैछ ।

स्थानीय मिडियाका अनुसार वायुसेवा लगायत केही कम्पनीले यस्तो निर्णय गरेको हो । जुन निर्णय सामाजिक सञ्जालमा विरोधको विषय बनिरहेको छ । वायुसेवाले सुरक्षाका कारण चश्मा प्रतिबन्ध गरेको जनाएको छ ।

बीबीसीका अनुसार जापानका सौन्दर्य तथा फेसन उद्योगहरुले भने महिलामाथि चश्मा प्रतिबन्धलाई सही ठहर गरेका छन् ।

उनीहरुको तर्क छ कि चश्माका कारण महिलाको श्रृंगार र मेकअप छोपिन्छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here