-माेहन गाेले तामाङ

गरिब देशको असचेत मतदाताबाट भोट लुट्ने बुर्जुवाहरुको नयाँ काइदा:

जुन जनतालाई संसद्मा नियम, कानुन र विधेयक निर्माणको लागि मतदानबाट निर्वाचित गरेर पठाउनुपर्नेछ भन्ने कुराको ख्याल हुँदैन ।

त्यस्तो सामान्य कुराको ज्ञान नभएका मतदाताको निम्छरो चेतनास्तर र उनीहरुको मनोविज्ञानलाई बुर्जुवाहरु छिटो अध्ययन गर्छन् र कुनै एउटा ब्यक्तिले गरेको अपराधको यसरी ब्यानर बनाएर प्रचार गर्छन्, मतदातालाई त्रास फैलाएर आतंकित पार्छन् ।

जस्तो: २०४८ सालको चुनावताका कांग्रेसहरु भन्थे, कम्युनिस्टले ६० बर्ष पुगेका बुढाबुढीलाइ गोली ठोक्छ । कम्युनिस्टहरु पनि भोट नदिने मतदातालाई तेरो घरमा कांग्रेस पसोस् भनेर मार्क्सवादी सराप दिन्थे । जुनबेला जनतामा पार्टीहरुको सैद्धान्तिक लक्ष्य के हो ? भन्ने थाहा थिएन ।

अहिले ४८ को समयताका लगाइएको नाराले काम गर्दैन । त्यसैले अलि उन्नत शैलीको प्रचारमा लागेका छन् । जस्तो: पढ्दै गरेको युवाहरु भेटेमा जागिर लगाइदिने, गाउँको तोरी नेता देखेमा उपभोक्ता समितिको अध्यक्ष बनाएर १० लाख हालिदिने, बृद्धबृद्धा पाएमा भता बढाइदिने खोक्रो आश्वासन बेच्ने अझ निर्वाचनको मुखैमा डोजर ल्याएर घर नजिकको खोल्सातिर जोतिदिने र दलित, जनजातिको वस्तीमा पैसा बाँड्ने, भोजभत्तेर चलाउने पनि गरिरहेका छन् ।

यस्ता ठेकेदारहरु भोट लुट्न तपाईंको गाउँमा पनि पसेको हुन सक्छ । यस्तो ब्यापारी काइदाको निर्वाचन जनताको चेतनास्तर नउठेसम्म भइरहनेछ । त्यसैले, जहाँजहाँ प्रदेश र संघीय संसद सदस्यको उपनिर्वाचन हुँदैछ । त्यहाँको मतदाताहरुले यस्तो सस्तो प्रचारबाजीको सिकार नबन्न अनुरोध छ ।

तामाङकाे फेसबुकबाट ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here