धनगढी । डडेलधुराको गन्यापधुरा गाउँपालिकामा बुहारीलाई करणी गरेको आरोपमा ससुरा पक्राउ परेका छन् ।

डडेलधुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेका अनुसार सोमबार साँझ नाताले बुहारी पर्ने २२ वर्षीया महिलालाई कोठामा लगेर करणी गरेको आरोपमा ती व्यक्ति पक्राउ परेका हुन् ।

जबरजस्ती करणीको उजुरी परेपछि सोमबार राति नै प्रहरीले ती पुरुषलाई पक्राउ परेको हो ।

यसबारे हाल थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here