काठमाडौं । सरकारले पर्यटन प्रवर्धनमा काम गर्दै आएको काठमाडौंको तारा गाँउ समितिको अध्यक्षमा प्रलाद न्यौपानलाई मनोनित गरेको छ ।

देशका ४ भन्दा बढी ठाउँमा तारागाउँ रिसोर्ट होटल सञ्चालन गर्नुका साथै होमस्टे र पर्यटन प्रवर्धनमा काम गर्दै आएको समितिको ४ वर्षे कार्यकालका लागि न्यौपानेलाई नियुक्त गरिएको हो ।

पर्यटन प्रवर्धनमा काम गर्दै आएका न्यौपानेले पर्यटन, होटल व्यवसाय र होमस्टे मार्फत युवाहरुलाई समृद्ध बनाउने कार्यमा आफू केन्द्रित रहने बताए ।

पर्यटन वर्ष सुरु हुनै लाग्दा आफू मनोनित भएकाले कार्यभार धेरै भएको र सफलता हासिल गर्ने आशा र बिश्वास बढी भएको न्यौपानेले बताए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here