रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो मिहिनेतपछि नेपालमा आएको आर्थिक विकासको अवसरलाई कुनै पनि हालतमा गुम्न दिन हुने बताएका छन् ।

मंगलबार रूपन्देहीमा पाँचौं लुम्बिनी महोत्सव उद्घाटन गर्दै उनले साे कुरा बताएका हुन् । ‘कतिपय व्यापारीहरु नेपालमाभन्दा पनि विदेशमा लगानी गर्न जानु भएको छ भन्ने सुनेँ यो दुःखद कुरा हो,’ उनले भने ।

साे क्रममा जनतालाई सहज हुने ठाउँमा प्रदेश नं ५ को राजधानी बनाउनुपर्ने पक्षमा आफू रहेको उनले बताए ।

‘सबैलाई सबैभन्दा बढी सहज जहाँ हुन्छ त्यहीँ राजधानी बनाउनुपर्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘मैले यही ठाउँमा राजधानी हुनुपर्छ भनेर भनेको छैन । पूर्वाधार विकास भइसकेका वा नयाँ ठाउँमा पनि राजधानी बनाउन सकिन्छ ।’

उनले तीव्र आर्थिक विकासका लागि बाँकी जीवन अर्पण गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।

केही समयभित्र लुम्बिनी पर्यटनको अग्रणी स्थान हुने सम्भावना रहेको भन्दै उनले आवश्यक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।

उद्योग, व्यापार र व्यवसायका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उनले बताए । ‘पाँच वर्षभित्र नेपालका व्यवसायीले लिएको अपेक्षा पूरा हुन्छ, हेर्नुहोला,’ अध्यक्ष प्रचण्डले भने ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here