धरान । नेपाल शेर्पा संघ सुनसरीकाे अध्यक्षमा प्रमोद गर्जा शेर्पा सर्वसम्मतिले चयन भएका छन् ।

शनिबार धरानमा सम्पन्न छैटौं जिल्ला अधिवेशनले १७ सदस्यीय नयाँ समिति चयन गरेकाे छ । विधानअनुसार ६ जना पछि मनोनित गरिनेछ ।

समितकाे उपाध्यक्षमा ओङ्छी सलका शेर्पा, सचिवमा तेञ्जिङ गर्जा शेर्पा, सह-सचिवमा दासाङ गोपर्मा शेर्पा, कोषाध्यक्षमा ङाजुङमा शेर्पा र सहकोषाध्यक्षमा फुर्दिकी शेर्पा चयन भएका छन् ।

सदस्यहरु मिडे गर्जा शेर्पा, फुर्दिकी खम्बाचे शेर्पा, फुदोर्ची लामा, पासाङ सुर्वा शेर्पा, नुर्बु पिनासा शेर्पा, निम्छिरि गोले शेर्पा, निमा च्यावा शेर्पा, दावा गर्जा शेर्पा, मिङमा हलुण्डा शेर्पा, मञ्जु शुर्वा शेर्पा र पदेन सदस्य गेल्बु च्यावा शेर्पा छन्

शनिबार नै शेर्पा पुमपेजी चिछोग (नेपाल शेर्पा महिला संघ) को तेस्राे जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा कल्पना टाक्तोक शेर्पालाई सर्वसम्मत चयन गरेकाे छ ।

शेर्पा महिलाको उपाध्यक्षमा जिना खम्बाचे शेर्पा, सचिबमा लाक्पादिकी गर्जा शेर्पा, सहसचिवमा अनिता शेर्पा, कोषाध्यक्षमा मिनिका च्यावा शेर्पा चयन भएका छन् । सदस्यहरुमा डोल्मा सुर्वा शेर्पा, माया शेर्पा निङमा शेर्पा, पेमलमु शेर्पा, मिङमा खाङ्डु शेर्पा र पदेन सदस्य ङाजुङमा शेर्पा छन् ।

1 COMMENT

  1. शेर्पा संघ सुन्सरि पुरुष प्रमोद गर्जा शेर्पा र महिला संघ टाक्तोक शेर्पा निर्विरोध आध्यक्षमा निर्वाचिर समिती दुवैका पदाधिकारी सदस्य सबैमा एकमुष्ट कार्यकाल सफल्ताको शुभकामना साथै बधाई पनि।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here