काठमाडौं । भारतको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कालापानी भारतको रहेको बताएका छन् ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट भारतीय सेना फिर्ता गर्न भारतलाई चेतावनी दिएपछि मुख्यमन्त्री रावतले सोको प्रतिवाद गरेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ ।
भारतीय समाचार अनलाइन अमर उजालाका अनुसार मुख्यमन्त्री सिंहले भनेका छन्, ‘जुन कुरा नेपालले भनिरहेको छ, त्यो एकदमै चिन्ताजनक कुरा हो । कालापानी भारतको भूभाग हो र यो भारतकै भूभागको रुपमा रहिरनेछ ।’
तर, यता नेपालका नेताहरुले भने कालापानी नेपालको भएको आपूmहरुसँग प्रमाण भएको बताइरहेका छन् ।
कालापानी विवादलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने जनदबाब आए पनि नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भने अहिले नै उक्त विषय अन्तर्राष्ट्रियकरण गर्न नहुने बताएका थिए ।
नेपालका राजनीतिक दलहरुले उक्त विषय कुटनीतिक तरिकाले समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।