काठमाडौं । नेपाल विद्यार्थी संघले नेपालको भूमि अतिक्रमणविरुद्ध सोमबार साँझ काठमाडौंको बालाजुमा राँके जुलुस निकालेको छ । तर, उक्त जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।

भारत र चीनले नेपालको भूमि अतिक्रमण गरेको भन्दै सोको विरोधमा राँके जुलुस निकाल्ने नेविसंघका २१ जनालाई प्रहरी पक्राउ गरेको छ ।

नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टको नेतृत्व बालाजु बाइपासमा राँके जुलुस निकालिएको थियो । उक्त जुलुस माछापोखरीमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

पक्राउ पर्नेहरुमा निरञ्जन थापा, इश्वर अधिकारी, सुवास घिमिरे, सौरभ घिमिरे, विजय ढुंगाना, सुल्तान मियाmँ किरण भट्टराई, सन्तोष गुरुङ, पवन थापा, प्रदीपजंग शाह, राजन बुर्लाकोटी, मनोज राना, प्रशान्त लामिछाने, महेश्वर पौडेल, जगदिश थापा, इश्वर थापा, ध्रुव अधिकारी, सन्तोष खलाल, भिम अधिकारी, रस गुरुङ, भानुभक्त उपाध्यय र अशोक क्षेत्री छन् ।

उनीहरुलाई महानगरीय प्रहरी बृत्त बालाजुमा राखिएको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here