काठमाडाैं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले विश्व औषधि उत्पादनसम्बन्धी सम्मेलनमा सहभागी हुन आज भारततर्फ प्रस्थान गरेका छन् ।

औषधि उत्पादनसम्बन्धी कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री यादव भारतको नयाँ दिल्ली पुग्नुभएको उनका स्वकीय सचिव महेश चौरासियाले बताए ।

दक्षिण एशियाका स्वास्थ्यमन्त्रीहरुको सहभागिता रहने उक्त सम्मेलनले विश्व औषधि उत्पादनको पछिल्लो अवस्था र सन् २०३० सम्म औषधि उत्पादनलाई गुणस्तरीय र प्रभावकारी बनाउन अवलम्बन गरिने आगामी रणनीति तय गर्ने बताइएको छ ।

समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादव तीन दिन भारतमा रहनेछन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here