मोरङ । मोरङकाे कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले हत्याजस्तो गम्भीर विषयमा भ्रामक समाचार नलेख्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।

सोमबार कानेपोखरीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष काफ्लेले कसैको हत्याजस्तो गम्भीर बिषयमा पुष्टि नहुने र चरित्र हत्या हुने खालका समाचार नलेख्न आग्रह गरेका हुन् । पुष्टि नहुने समाचार लेख्ने र मिडियालाई कारबाहीकाे दायरामा ल्याउनुपर्ने काफ्लेले बताए ।

गत असार २४ गते कानेपोखरी–६ को ४३ बर्षीय मोहनसिंह थापा आफ्नै घरको माथिल्लो तलामा पासो लागेर मृत्यु भएको थियो ।

थापालाई राष्ट्रिय युवा संघको मोरङ जिल्ला अध्यक्ष समेत रहेका नवीन पौडेल र मृतकी पत्नी मन्दिरा थापाले हत्या गरेको भन्दै केही अन्लाइनमा सामाचार प्रकाशन भएको थियो । समाचारमा पौडेलले मन्दिरा मोटरसाइकलमा बसेर हिड्ने हरेको बिषय समेत उल्लेख छ ।

सोही बिषयमा आयोजित पत्रकार सम्मेलनमा नवीन पौडेलले भने, “सामाजिक राजनीति ब्यक्तिको मोटरसाइकलमा बसेको बिषयमा चरित्र हत्याको प्रयास हुन्छ भने मेरोविरुद्द समाचार लेख्ने मित्रको सासू र पत्नीलाई पनि अभर पर्दा धेरै पटक बोकेको छु, के त्यो पनि नैतिकतासँग जोड्ने हो ?”

पौडेलले समाचार पुष्टि गर्न चुनौती दिदै राजनीतिक र सामाजिक लोकप्रियताप्रति दुराग्रह, प्रतिशोधले कसैको प्रायोजनमा समाचार नलेख्न विग्यप्तीमार्फत बताएका छन् ।

अनलाइनहरुमा प्रकाशित समाचार झुटा, काल्पनिक भएको भन्दै भ्रत्सनासहित खण्डन गर्ने विज्ञप्तीमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा उपस्थित मृतककी पत्नी मन्दिरा थापाले आमाजु दिदी मुना थापाले २५ लाख पैसा चलाएको र त्यो पैसा नतिर्न विभिन्न आरोप लाउने गरेको बताए ।

काठमाडौ बस्ने आमाजु मुनाले पटक पटक धन सम्पति र को को सँग हिड्न थालेको भन्दै टर्चर दिने गरेको पत्रकार सम्मेलनमा बताइन् ।

सो बिषयमा कुरा गर्न फोन गर्दा मुनासँग सम्पर्क हुन सकेन । पत्रकार सम्मेलनमा उपस्थित मृतकको जेठा दाजु नरेन्द्र थापा र उनका छोरा डिल्ली थापाले प्रहरीलाई दिएको निबेदनमा नवीन पौडेलको नाम नलेखिएको बताए ।

प्रकाशित समाचारमा नरेद्र थापालाई कोड गरिएको भएता पनि पत्रकार सम्मेलनमा समाचार कसरी आयो आफूहरुलाई जानकारी नभएको नरेन्द्रले बताए ।

पत्रकार सम्मेलनमा कानेपोखरी व्यापार संघ, रमाइलो युवा परिवार र लायन्स क्लब अफ कालेपोखरीले पनि संयुक्त विज्ञप्ती प्रकाशन गरि झुटा समाचारप्रति भ्रत्सना गरेका छन् ।

संयुक्ता विज्ञप्तीमा भनिएकाे छ, “मंगलबारे अस्पतालको डा. रितेशकुमार कर्णले जारी गरेको मृतकको पोष्टमार्टम रिपोर्ट र प्रहरीको अनुसन्धानले आत्माहत्या भएको प्रमाणित गरेको अवस्थामा राजनीति प्रतिशोधको आधारमा समाचार बनाइनु हुँदैन ।”

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानेपोखरी गाउँपालिकाका अध्यक्ष भोला अधिकारी र सचिव मनोज राजवंशीले पनि विज्ञप्ती निकालेर समाचार निराधार भएको भन्दै जघन्य अपराध र चरित्र हत्याजस्तो बिषयमा जथाभावी समाचार लेख्न नहुने बताएका छन् ।

पत्रकार सम्मेलनमा अधिकारीले प्रहरीमा उजुरी दिन एउटै विचारका चार जना पत्रकार लिएर जानु नै नियोजित षडयन्त्र भएको बताए ।

मृतक मोहनसिंह थापा बैदेशिक रोजगारीमा १० वर्ष कुबेत बसेर २०७५ फागुनमा घर आएका थिए । पत्नी मन्दीरा थापा पनि पतिसँगै तीनवर्ष विदेश बसेर २ बर्षअघि मात्र नेपाल आएको उनले बताए ।

बिदेशबाट पतिले पैसा आमाजु मुनालाई जग्गा किनिदिनू भनेर पटक पटक रकम पठाको बताए । पतिको मृत्युपछि सो रकमको बिषयमा कुरा उठ्छ भनेर कहिले चरित्र र कहिले धन सम्पतिको बिषय लिएर आफूलाई टर्चर हुने गरेको मन्दिराको भनाइ छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here