काठमाडौं । प्याजको मूल्य आकाशिएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नाे भान्सामा प्याज प्रयोग नगर्ने घोषणा गरेकी छन् ।

प्रधानमन्त्री हसिनाको डेपुटी प्रेस सेक्रेटरी हसन जाहिदलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यो समाचार लेखेको हो ।

एफपीले जनाएअनुसार आफ्नो देशमा उत्पादन नहुने आयातित प्याज प्रयोगमा जनताला पनि निरुत्साहित गर्ने उनको सोच छ ।

प्रधानमन्त्री शेख हसिना

बंगलादेशमा केही समयअघि ३० टका प्रतिकिलो रहेको प्याजको भाउ बढेर सोमबार २ सय ६० टका पुगेको छ । हसिना सरकारको अस्थिर अर्थनीतिका कारण तरकरीको भाउ आकासिएको भन्दै विपक्षी दलले आन्दोलनको घोषणा नै गरेको छ ।

भारतले निर्यात प्रतिवन्ध लगाएपछि बंगलादेशमा अहिले म्यानमारलगायतका देशबाट प्याजको आयात भइरहेको छ ।
उपभोक्तालाई सीमित राहत दिन सरकारले ४५ टका प्रतिकिलोमा प्याज विक्री सुरु गरेको बंगलादेशी समाचार एजेन्सीहरुले लेखेका छन् ।

प्याजको मूल्य बढ्न थालेपछि भारतले असोज १२ गते आफ्नो मुलुकबाट सबै प्रकारको प्याज निर्यात रोकेको थियो । भारतबाट अन्य मुलुकमा प्याज निर्यात नभएपछि नेपालमा पनि यसको प्रभाव परेको छ । नेपालमा हाल प्याजके खुद्रा मूल्य औसत १८० रुपैयाँ छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here