झापा । झापाकाे भद्रपुर नगरपालिका-५ भद्रपुर बजारस्थितमा पुल हाउसमा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् ।

भद्रपुर नगरपालिका-६ बस्ने ४१ वर्षीय संजित घोसलगायत १७ जनालाई नगद २ लाख २६ हजार ५ सय ४२ रुपैयाँ र १ थान तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त पुल हाउसमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी उक्त नगद सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here