संखुवासभा । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जिवन घिमिरेले प्रदेशको नामाकरण घोषणा अन्तिम चरणमा पुगेको बताएका छन् ।

साेमबार संखुवासभाकाे खाँदबारीमा प्रेस संगठन संखुवासभाले आयोजना गरेकाे पत्रकार भेटघाटमा उनले साे कुरा बताएका हुन् ।

मन्त्री घिमिरेले प्रदेशको नाम सहमतिमै घोषणा हुन लागेको बताए । प्रदेश नामाकरणकाे विषयमा धेरै नाम आए पनि सहमतिबाट नाम चयन हुने उनकाे भनाइ छ ।

मन्त्री घिमिरेले हिउँदे अधिवेशनको पहिलो काम नै नामाकरण घोषणा गर्न भएको बताए । प्रदेशको नामाकरणको घोषणा गर्ने विषयमा सत्ता पक्ष र प्रतिपक्ष दलकाे सहमति जुटिसकेका कारण हिउँदे अधिवेशनको पहिलो बैठले नै घोषणा गर्ने उनले बताए ।

तर, कुन नाममा सहमति जुट्यो भन्ने कुरा मन्त्री घिमिरेले खुलाएनन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here